arrow

येदियुरप्पाले लिए चौथोपटक मुख्यमन्त्रीको शपथ, भन्छन्– बहुमत साबित गर्छु

logo
एजेन्सी
प्रकाशित २०७६ साउन ११ शनिबार
yediurappa.png

काठमाडौं । भारतको कर्नाटक राज्यको मुख्यमन्त्रीको रुपमा भारतीय जनता पार्टीका बीएम येदियुरप्पाले शुक्रवार शपथ लिएका छन् । उनले सोमवार बहुमत साबित गर्ने प्रतिबद्धतासहित शपथ लिएका हुन् । बहुमत साबित गरेपछि मात्र उक्त प्रान्तको बजेट पास हुनेछ । मन्त्रिमण्डल गठनको विषयमा येदियुरप्पाले अमित शाह र अन्य नेतासँग पनि चर्चा गरिने बताएका छन् । आवश्यक परेको खण्डमा दिल्ली पनि जाने उनको भनाइ छ । 

सर्वोच्च अदालतले बीएस येदियुरप्पा र कांग्रेस नेता डीके शिवकुमारविरुद्धको नौ वर्ष पुरानो भ्रष्टाचारको मुद्दामा सुनुवाई गरिने बताएको छ । मुद्दा कर्नाटकको भूमि हस्तान्तरण प्रतिबन्धित गर्नेसम्बन्धी कानुन विपरीत ४.२ एकड भूमिको विषयमा छ । 

यसअघि सन् २००७ मा येदियुरप्पाले बर्नाको मुख्यमन्त्रीको शपथ लिएका थिए । तर, त्यतिबेला उनी केवल ७ दिन मात्र यो पदमा रहेका थिए । सन् २००८ मा उनी फेरि मुख्यमन्त्री बनेका थिए । त्यतिबेला उनी ३ वर्ष ६६ दिनसम्म यो पदमा रहेका थिए । 

त्यसपछि सन् २०१८ को मे मा पनि उनले मुख्यमन्त्रीको शपथ लिएका थिए । त्यसको ३ दिनपछि उनले राजीनामा दिएका थिए । अहिलेसम्म येदियुरप्पाको मन्त्रिमण्डलको विषयमा कुनै छलफल भने भएको छैन । येदियुरप्पाको लागि मन्त्रिमण्डल गठन गर्नु निकै चुनौतीपूर्ण हुनेछ । 

प्रतिवेदनअनुसार ५६ विधायेक यस्ता छन्, जसले ३ वा सोभन्दा बढी चुनाव जितेका छन् । यी सबैलाई नयाँ सरकारमा आफूलाई मन्त्रि बनाउने आशा छ । तर, कर्नाटकमा मुख्यमन्त्रीसहित केवल ३४ पद मात्र स्वीकृत छ । 

कर्नाटकमा कुमारस्वामी १४ महीनायता मुख्यमन्त्री रहँदै आएका थिए । तर, उनका १५ विधायक उनको विपक्षमा गएसँगै उनीविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको हो ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ