arrow

हजारलाई विद्युत् मिटर बक्स

logo
रासस,
प्रकाशित २०७६ साउन ११ शनिबार
electric-meter-box.jpg

भद्रपुर। नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण शाखाले आर्थिक वर्ष २०७५-७६ मा अतिविपन्न परिवारका एक हजार ३१५ लाई निःशुल्क मिटर बक्स वितरण गरेको जनाएको छ। यस कार्यलय मातहतमा रहेका भद्रपुर नगरपालिका, मेची नगरपालिका, कचनकवल, बुद्धशान्ति र हल्दिबारी गाउँपालिकाका अतिविपन्न परिवारलाई विद्युत्को मिटर बक्स वितरण गरिएको कार्यालयका प्रमुख रामउद्गार साहले बताए।
 
उनका अनुसार कार्यालयले गत आर्थिक वर्षमा चार हजार ११३ नयाँ ग्राहक थप गरी जम्मा ५८ हजार ५४ ग्राहक बनाएको छ। वितरण शाखाले सो अवधिमा ११.२४ किलोमिटर ११ केभी लाइन र ६४.५६ किलोमिटर एलटी लाइन निर्माण गरेको छ भने विद्युत् चुहावट गर्ने ३१ लाई कारवाही गरी उनीहरुबाट रु दुई लाख ४६ हजार ५०९ राजश्व सङ्कलन गरेको छ।

कार्यालयले ४७७ थान बन्द रहेका मिटरलाई निःशुल्क फेर्ने, ७७ ट्रान्सफर वितरण गर्नुका साथै नयाँ ५० थान ट्रान्सफर जडान गरी २७ ट्रान्सफरको क्षमता वृद्धि गरिएको जनाएको कार्यालय प्रमुख साहले बताए। शाखाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा रु १० करोड बढी राजश्व सङ्कलन गर्न सफल भएको छ।

प्राधिकरणले आर्थिक वर्ष २०७५-७६ मा रु ७४ करोड ३६ लाख २२ हजार राजश्व सङ्कलन गरेको जनाएको छ। अघिल्लो आर्थिक वर्ष २०७४-७५ मा विद्युत् बिक्रीबाट रु ६५ करोड ५० लाख १७ हजार ८४४ राजश्व मात्र सङ्कलन गरेको थियो। शाखा प्रमुख साहका अनुसार कार्यालयले अन्य विभिन्न शीर्षकबाट रु ७२ करोड  ५३ लाख ५५ हजार ६३२ थप असुली गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ