arrow

अजित डोभाल फर्किए लगत्तै किन थपियो कश्मिरमा १० हजार सैनिक ?

logo
प्रकाशित २०७६ साउन ११ शनिबार
jammu_kasmir1.JPG

काठमाडौं । राष्ट्रिय सुरक्षा सलाहकार (एनएसए) अजित डोभालको कश्मीर यात्राबाट फर्किए लगत्तै १० हजार अतिरिक्त सुरक्षा बल कश्मिरमा पठाइएको छ । भारतीय सञ्चार संस्थाहरुका अनुसार केन्द्रीय गृह मन्त्रालयद्वारा जारी आदेशमा अतिरिक्त केन्द्रीय बलको तैनाथीद्वारा कश्मीरमा आतंककारी नेटवर्कलाई ध्वस्त गराउने अभियानमा जुटेको भनिएको छ । साथमा राज्यको कानून-व्यवस्थालाई मजबुत बन्नेमा समेत मद्दत पुग्ने समेत बताइएको छ । 

केन्द्र सरकारका पूर्व मुख्यमन्त्री महबूबा मुफ्ती केन्द्रको यस फैसलाको विरोध गरिरहेकी छिन्। उनले ट्वीटमार्फत् केन्द्रको फैसलाले घाटीमा भयको वातावरण पैदा गरिएको बताएकी छिन्। उनले लेखेकि छन्, 'घाटीमा अतिरिक्त १० हजार जवान तैनाथ गर्ने केन्द्रको फैसला मानिसहरुको मनमा भय पैदा गरिरहेको छ। कश्मीरमा सुरक्षा बलको कुनै कमि थिएन। जम्मू-कश्मीरको समस्या राजनीतिक हो जसलाई सैन्य संसाधनद्वारा सुल्झाउन सकिन्न। भारत सरकारलाई  फेरि आफ्नो नीति बदल्नुपर्ने जिम्मेवारी छ ।' 

देशभरबाट एयरलिफ्ट गरिरहेका छन् जवानहरु  
सूत्रका अनुसार, देशका विभिन्न हिस्सामा तैनाथ केन्द्रीय सुरक्षा बलका एयरलिफ्ट गरेर सिधै कश्मीर पुर्याइएको छ । जम्मू-कश्मीरको डीजीपी दिलबाग सिंहले बताए कि कश्मीरमा सुरक्षा बलको १०० कम्पनीहरु तैनाथ गरिएको छ । 

गृह मन्त्रालयले २५ जुलाईलाई केन्द्रीय सशस्त्र बलको अतिरिक्त १०० कम्पनीहरुको तैनाथीको आदेश जारी गरेको थियो । यो केन्द्रीय बलमा केन्द्रीय रिजर्व पुलिस बल (सीआरपीएफ), सीमा सुरक्षा बल (बीएसएफ), सशस्त्र सीमा बल (एसएसबी) र भारत-तिब्बत सीमा पुलिस (आईटीबीपी) शामेल छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ