arrow

सिंगापुर विरुद्ध नेपालको फितलो बलिङ

logo
प्रकाशित २०७६ साउन १२ आइतबार
nepal-bowling.JPG

काठमाडौं । सिंगापुरमा जारी आइसीसी टी–२० विश्वकप छनोट क्रिकेट अन्तर्गत एसिया फाइनलको अन्तिम खेलमा अहिले नेपालले सिंगापुरसंग प्रतिस्पर्धा गरिरहेको छ ।

यो खेलको विजेता टिम विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । इन्डियन एसोसियसन मैदानमा सिंगापुरले पहिले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । 

नेपालले फितलो बलिङ गर्दा सिंगापुर उच्च योगफलतर्फ अगाडि बढेको छ । 

टिम डेभिडलाई रोक्न नसक्ने हो भने नेपालले ठूलो योगफलको सामना गर्नुपर्ने देखिन्छ । डेभिडले अर्धसतक बनाइसकेका छन् । 

शीर्ष बलरहरु फितला सावित भएका छन् । अविनाश बोहरा र करण केसीलाई १–१ विकेट सफलता मिलेको छ । 

आशा नेपाली ब्याटिङको 
यसपटक नेपाली ब्याटिङ खुलेको छ । 

नेपालले दुई खेल जित्दा ओपनरहरु ज्ञानेन्द्र मल्ल र पारस खड्काले कीर्तिमानी अर्धसतक बनाएका थिए । यो खेलमा पनि त्यही अपेक्षा गरिएको छ । 

यो खेल जित्दा नेपालले अर्को चरणमा स्थान बनाउने छ भने यदि खेल बराबरी भयो भने सिंगापुरले अवसर पाउने छ । 

अंक तालिकामा शीर्ष स्थानको सिंगापुरको ३ खेलबाट ५ अंक छ भने नेपालको ३ खेलबाट ४ अंक छ ।

 हेड टु हेड

यसअघि नेपाल र सिङ्गापुर ९ पटक आमने सामने भएका छन् । जसमा ३ खेल तीन दिवसीय, २ टी–२० र ४ एक दिवसीय खेल रहेका छन् ।

नेपालमाथि सिंगापुरले कुनै पनि खेलमा पनि जित निकाल्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ