arrow

नेपाललाई जिताउने पारस र ज्ञानेन्द्रले नै हो 

logo
प्रकाशित २०७६ साउन १२ आइतबार

काठमाडौं । सिंगापुरमा जारी आइसीसी टी–२० विश्वकप छनोट क्रिकेट अन्तर्गत एसिया फाइनलको अन्तिम खेल जितका लागि नेपालले सिंगापुरबाट प्राप्त १९२ रनको विजयी लक्ष्य पछ्याइरहेको छ । 

बलिङमा चमत्कार गर्न नसकेको नेपालको भरोसा ब्याटिङमै अडेको छ । त्यसका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल आकर्षक खेलिरहेका छन् । 

यसअघि नेपालले खेलेका तीन खेलमध्ये दुईमा जित निकालेको थियो । मलेसियालाई हराउँदा ज्ञानेन्द्रले कीर्तिमानी अर्धसतक बनाएका थिए भने कुवेतलाई हराउँदा पारसले कीर्तिमानी अर्धसतक बनाएका थिए । 

सिंगापुर विरुद्धको खेलमा दुवै खेलाडीहरुले राम्रो ओपनिङ साझेदारी गरिरहेका छन् । यी दुवैको ब्याट् चल्दा नेपालले जित्ने अपेक्षा गर्न सकिन्छ । 

यो खेलको विजेता टिम विश्वकपको ग्लोबल छनोटमा पुग्ने भएकाले निकै महत्वपूर्ण रहेको छ । इन्डियन एसोसियसन मैदानमा सिंगापुरले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १९१ रन बनायो । 

टिम डेभिडले सर्वाधिक ७७ रन बनाए । त्यसैगरी ओपनर रोहन रंगराजनले ४९ रन बनाए । 

विकेटकिपर ब्याट्सम्यान  मनप्रित सिंहले ४२ रन बनाए । नेपालका अविनाश बोहराले ३५ रन खर्चिएर ४ विकेट लिए । 

त्यसैगरी करण केसीले २ विकेट लिए । सन्दीप लामिछाने, सोमपाल कामी र बसन्त रेग्मी र शरद भेषवाकर विकेट विहीन बने । 


 हेड टु हेड

यसअघि नेपाल र सिङ्गापुर ९ पटक आमने सामने भएका छन् । जसमा ३ खेल तीन दिवसीय, २ टी–२० र ४ एक दिवसीय खेल रहेका छन् ।

नेपालमाथि सिंगापुरले कुनै पनि खेलमा पनि जित निकाल्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ