arrow

नेपालको दुर्दसा, सुम्पियो सिंगापुरलाई अबको यात्रा

logo
प्रकाशित २०७६ साउन १२ आइतबार
paras-gyanendra3.JPG

काठमाडौं । सिंगापुरमा भएको आइसीसी टी–२० विश्वकप छनोट क्रिकेट अन्तर्गत एसिया फाइनलमा नेपालले दुर्दसा भोगेको छ ।

नेपालले अन्तिम खेलमा सिंगापुरलाई खेल सुम्पिँदै बाहिरिएको हो । नेपालले सिंगापुरबाट प्राप्त १९२ रनको विजयी लक्ष्य पछ्याइरहेको अवस्थामा १०९ रनमै अलआउट हुँदै ८३ रनले पराजित भयो ।  

बलिङमा चमत्कार गर्न नसकेको नेपालको भरोसा ब्याटिङमै अडे पनि ब्याटिङ त्यो भन्दा खराव भयो । ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९, दिपेन्द्र सिंह ऐरीले नटआउट २३, पारस खड्काले १२ र सोमपाल कामीले ११ रन बनाए बाहेक कुनै पनि खेलाडीले दोहोरो स्कोरसमेत बनाएनन् ।   

सेल्लाडोर विजयकुमारले ४ विकेट लिए । 

इन्डियन एसोसियसन मैदानमा सिंगापुरले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १९१ रन बनायो । 

टिम डेभिडले सर्वाधिक ७७ रन बनाए । त्यसैगरी ओपनर रोहन रंगराजनले ४९ रन बनाए । 

विकेटकिपर ब्याट्सम्यान  मनप्रित सिंहले ४२ रन बनाए । नेपालका अविनाश बोहराले ३५ रन खर्चिएर ४ विकेट लिए । 

त्यसैगरी करण केसीले २ विकेट लिए । सन्दीप लामिछाने, सोमपाल कामी र बसन्त रेग्मी र शरद भेषवाकर विकेट विहीन बने । 

यो हारपछि नेपाल विश्वकप टी–२० छनोटबाट बाहिरिएको छ । विजेता सिंगापुर विश्वकपको ग्लोबल छनोटमा पुगेको छ । 

यसअघि नेपाल र सिङ्गापुर ९ पटक आमने सामने भएकामा नेपालले सबै खेल जितेको थियो । दुर्दसा आइतबारको महत्वपूर्ण खेलमा पराजित भयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ