arrow

दुई हिस्सामा किन बाँडियो भारतीय क्रिकेट टिम ?

रोहितले विराट र अनुष्कालाई इन्स्टाग्रामको अकाउन्टबाट हटाए

logo
प्रकाशित २०७६ साउन १२ आइतबार
koholi-sharma.jpg

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र रोहित शर्माको बीचको विवाद पछिल्लो समय सतहमा आएको छ ।
उनीहरुको बीचको विवाद विश्वकपको क्रममा नै देखिएको थियो । सेमिफाइनलमा मोहम्मद शमीलाई टोलीमा राख्ने विषयमा देखिएको विवादले उनीहरुको बीचको मतभिन्नता बढेको हो ।

विश्वकपको सेमिफाइनलमा शमीको सट्टामा रवीन्द्र जडेजालाई टोलीमा मौका दिइएको थियो । न्युजिल्याण्डसँगको खेलमा हारको सामना गरेसँगै यो विवाद स्पष्टरुपमा देखिएको थियो । हारेपछि सबैभन्दा पहिला रोहित शर्मा आफ्नो परिवारसँगै मुम्बई फर्किएका थिए ।

रोहित शर्माले विराट कोहलीकी पत्नी अनुष्का शर्मालाई इन्स्टाग्रामको अकाउन्टबाट अनफलो गरेका छन् । यसअघि नै रोहितले विराटलाई अनफलो गरेका थिए । यस विषयमा अनुष्काले जवाफ पनि दिएकी छिन् ।

तर, यस विषयमा विराट र रोहित दुवैले केही बताएका छैनन् । यस विषयमा भारतका बलिङ प्रशिक्षक भरत अरुणले टोलीमा सबै राम्रो रहेको बताएका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)बाट भने कुनै प्रतिक्रिया आएको छैन ।

बीसीसीआईका प्रशासक समितिका प्रमुख विनोद रायले विराट–रोहितबीच मतभेदको समाचारको खण्डन गरेका छन् । उनले सञ्चारमाध्यमले यो विषयलाई अनावश्यकरुपमा बढाएको बताएका छन् ।

विश्वकपपछि वेस्ट इन्डिजको भ्रमणमा विराट कोहलीले केही समय आराम लिनसक्ने बताइएको थियो । वेस्ट इन्डिजको भ्रमणमा रोहित शर्मालाई कप्तानी दिइनसक्ने बताइएको थियो । तर, आफ्नो कप्तानी नै संकटमा पर्ने देखिएसँगै विराटले आराम नलिई वेस्ट इन्डिज भ्रमणमा जाने निर्णय गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ