arrow

बझाङको पर्यटन विकास र प्रवद्र्धन गर्न बन्यो दवाब समूह

logo
प्रकाशित २०७२ चैत १५ सोमबार
Bajhang-hamrakura.jpg.jpeg
बझाङ । पर्यटन विकासको ठूलो सम्भावना रहेको सुदूरपश्चिमको हिमाली जिल्ला बझाङको पर्यटन प्रवद्र्धन गरि विकास गर्ने कार्यमा सहयोग गर्न पर्यटन विकासका लागि दवाब समूह गठन भएको छ ।  सोमबार पर्यटन व्यवसायी, पत्रकार, नागरिक समाजको भेलाले पत्रकार शैलेन्द्र रोकायाको संयोजकत्वमा ११ सदस्यीय कार्य दवाब समूह गठन गरेको हो । 
 
कार्य समिति उप संयोजक पर्यटन व्यवसायी कर्मा तमाङ्ग, सदस्यहरु राजेन्द्र सिहं ,सविता बिष्ट, मान बहादुर बोहरा, ललित सिहं, असोक मल्ल, गोकुल बहादुर सिहं, नरेन्द्र जंग खाती छन् । पर्यटन विकास समाज धनगढीले सदरमुकाम चैनपुरमा गरेको एक कार्यक्रममा सो समिति गठन भएको हो ।  समूहले जिल्लाको पर्यटन विकासका लागि विभिन्न निकायबाट करोडाै रकम भित्रिने भए पनि त्यसको सही  उपयोग गर्न नसकिएकाले सरोकारवालालाई दवाब दिन, जिल्लामा रहेका पर्यटकिय सम्भावनाको खोजी गर्न ,पर्यटन प्रवद्र्धन गर्न नीजि क्षेत्रलाई प्रोत्साहन गर्न, लगानीको वातावरण सिर्जना गर्न पहल गर्ने  उद्देश्यले सो समूह गठन भएको हो ।  
 
कार्यक्रममा पर्यटन विकास समाजका अध्यक्ष कृष्ण बहादुर महराले सुदूरपश्चिमका प्रमुख पर्यटकिय गन्तव्य बढी जसो बझाङ जिल्लामा रहेको बताउँदै यस क्षेत्रको पर्यटन विकासका लागी नीजि क्षेत्रले बढी चासको दिनु पर्ने बताए । उनले भने, ‘दुई तीन वर्षको अवधिमा बझाङमा समेत राम्रा होटेलहरु बनिसकेकाले अब सरसफाइ र व्यवहार परिवर्तनमा जोड दिनु पर्दछ ।’  
 
भेलाबाट हाल सम्म जिल्लामा पर्यटकिय गतिविधी नभएकाले यस क्षेत्रको पर्यटन विकासका लागि प्रचार–प्रसार गरी जिल्लाको पर्यटकिय गुरु योजना समेत निर्माण गर्न पर्यटनको क्षेत्रमा काम गरिरहेका सरकारी तथा गैर सरकारी क्षेत्रसंग आवश्यक समन्वय गर्ने निर्णय गरेको छ । भेलाले सुदूरपश्चिमको प्रमुख पर्यटकिय गन्तव्य साइपाल र सुर्मा सरोबर सम्म जान पर्यटकिय पदमार्ग हालसम्म पनि बन्न नसकेकाले त्यसलाई बनाउन नेपाल पर्यटन बोर्ड र टान लाई अनुरोध गर्ने निर्णय समेत गरेको छ । 
 
जिल्लामा  खप्तड, सइपाल, सुर्मा सरोबर, कैलास गुफा, रिसिकुण्ड, बडी ज्यावन, गोरखाली झरना तपोवन, लिगांपाटन, गुयोल टावर डाँडा लगायत अधिकाशं पर्यटकिय क्षेत्रको प्रचार–प्रसार हुन सकेको छैन । साथै ती ठाँउसम्म पुग्ने बाटो नहुँदा पर्यटन प्रवद्र्धनमा कठिनाई भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ