arrow

गृह मन्त्रालयको एउटा पत्रले आतंकित बन्यो काश्मिर, किन थपियो दश हजार सैनिक ? 

logo
प्रकाशित २०७६ साउन १२ आइतबार
kasmirattack.jpeg

नयाँ दिल्ली । भारत प्रशासित कश्मीरमा सुरक्षाबल थप गरिएको विषयले काश्मिरमा थप आतंक सिर्जना भएको छ । काश्मिरमा अतिरिक्त कम्पनीहरुको तैनाथीको फैसलापछि कश्मीर उपत्यकामा डरको माहोल सिर्जना भएको छ । यस घटनापछि धेरैले अनेकानेक आकलनहरु सुरु गरेका छन् । 
 
राजनीतिक दलहरुदेखि लिएर सर्वसाधारणसम्म यो कुरामा सशंकित छन् कि कश्मीरमा १०० अतिरिक्त कम्पनीहरु पठाएपछि के होला अवस्था रु २६ जुलाई २०१९लाई सोशल मिडियामा गृह मन्त्रालयको एक आदेशको कपिको प्रति व्यापक शेयर भएको थियो । यस कपिमा कश्मीरमा विद्रोही गतिविधिहरुको विरुद्ध ग्रिड र कानूनी व्यवस्थालाई मजबूत गर्नको लागि अर्धसैनिक बलको १०० अतिरिक्त कम्पनीहरु पठाउन भनिएको थियो । यसमा सीआरपीएफ को ५०, बीएसएफको १० र एसएसबीको ३० र आईटीबीपीको १० कम्पनीहरु सामेल छन् । 

शनिबार राष्ट्रिय सुरक्षा सलाहकार (एनएसए) अजित डोभालको कश्मीर यात्राबाट फर्किए लगत्तै १० हजार अतिरिक्त सुरक्षा बल कश्मिरमा पठाइएको हो । भारतीय सञ्चार संस्थाहरुका अनुसार केन्द्रीय गृह मन्त्रालयद्वारा जारी आदेशमा अतिरिक्त केन्द्रीय बलको तैनाथीद्वारा कश्मीरमा आतंककारी नेटवर्कलाई ध्वस्त गराउने अभियानमा जुटेको भनिएको छ । साथमा राज्यको कानून-व्यवस्थालाई मजबुत बन्नेमा समेत मद्दत पुग्ने समेत बताइएको छ । 

केन्द्र सरकारका पूर्व मुख्यमन्त्री महबूबा मुफ्तीले केन्द्रको यस फैसलाको विरोध गरिरहेकी छिन्। उनले ट्वीटमार्फत् केन्द्रको फैसलाले घाटीमा भयको वातावरण पैदा गरिएको बताएकी छिन्। उनले लेखेकि छन्, 'घाटीमा अतिरिक्त १० हजार जवान तैनाथ गर्ने केन्द्रको फैसला मानिसहरुको मनमा भय पैदा गरिरहेको छ। कश्मीरमा सुरक्षा बलको कुनै कमि थिएन। जम्मू-कश्मीरको समस्या राजनीतिक हो जसलाई सैन्य संसाधनद्वारा सुल्झाउन सकिन्न। भारत सरकारलाई  फेरि आफ्नो नीति बदल्नुपर्ने जिम्मेवारी छ ।' 

स्रोतका अनुसार, देशका विभिन्न हिस्सामा तैनाथ केन्द्रीय सुरक्षा बलका एयरलिफ्ट गरेर सिधै कश्मीर पुर्याइएको छ । जम्मू-कश्मीरको डीजीपी दिलबाग सिंहले बताए कि कश्मीरमा सुरक्षा बलको १०० कम्पनीहरु तैनाथ गरिएको छ । गृह मन्त्रालयले २५ जुलाईलाई केन्द्रीय सशस्त्र बलको अतिरिक्त १०० कम्पनीहरुको तैनाथीको आदेश जारी गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ