arrow

कारजाईले बनाएको शान्ति परिषद् घानीले गरे विघटन

logo
प्रकाशित २०७६ साउन १२ आइतबार
ashra-ghani-afghan.jpg

काबुल । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले उच्चस्तरीय शान्ति परिषद्को सचिवालय विघटन गरेका छन् । तालिबान विद्रोहीसँग वार्ता गर्नका लागि सन् २०१० मा तत्कालिन राष्ट्रपति हमिद् कारजाईले बनाएको सो सचिवालयलाई घानीले शनिबार विघटन गरेका हुन् ।

अफगानी राष्ट्रपतिका प्रवक्ता सेदिक सेदिकीले परिषद्को काम नव गठित शान्ति मामिला मन्त्रालयले गर्ने भएकाले परिषद्को आवश्यकता नदेखिएको पत्रकारहरुलाई जानकारी दिए।

सरकारी निकायका रुपमा परिषद्ले विद्रोही तालिवान तथा अरु आतङ्कवादी समूहरुलाई पुनर्मिलन र मेलमिलापका लागि पहल गर्दै आइरहेको थियो । परिषद् मार्फत् राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका वार्ता तथा छलफलहरु गर्नका लागि ७४ जनाले काम गरेका थिए ।

झण्डै २० बर्षदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा विभिन्न विद्रोही तथा आतङ्कवादी समूहहरु सक्रिय रहेका छन् । एएनआई



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ