arrow

काठमाडौंमा भीषण हुरी चल्दा (भिडियोसहित)

logo
प्रकाशित २०७२ चैत १५ सोमबार
hawahuri-new-fnl.jpg.jpeg
काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार साँझ भीषण हावा हुरी चल्दा जनजीवन एका–एक अस्तव्यस्त भयो । हुरी चलेपछी बाटोमा गुडिरहेका सवारी साधन एका–एक रोकिएका थिए । यातायात अवरुद्ध हुनुका साथै बाटोमा हिंडिरहेका पैदलयात्रुले सास्ती बेहोरे । यस्तै, ठमाडौं लगायत आसपासका क्षेत्रमा भूकम्प पीडितहरुका टहरा उडाएपछि विचल्ली भएको छ । 
 
प्रति सेकेन्ड ३० मिटर (७१ किलोमिटर प्रतिघण्टा)को गतीमा हुरी चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धुलाम्य भएको उपत्यकामा एक साता अघि देखि तुँवालो तैरिएर बसेकामा हुरीले हटाउन सहयोग गरेको मौसमविद्हरु बताउँछन् ।  हावा हुरी सामान्य भएसंगै जनजीवन पनि सामान्य भइसकेको छ । महाशाखाका मौसमविद्हरुले काठमाडौंमा पानी परेको र सानो प्रणाली विकसित भएकाले धेरै पानी पर्ने सम्भावना नरहेको बताए । 
 
उपत्यकामा रातिनै मौसममा सुधार आउने बताइएको छ । हावा लागेर पानी परेकाले एक साता देखिको तुँवालोको समस्या हट्ने मौसमविद्हरुको भनाई छ । यस्तै, देशको पश्चिमी भेगमा सामान्य वदली रहेपनि पूर्वाञ्चलमा भने वर्षा भएको छ । पूर्वाञ्चलको धनकुटामा आइतबार राति सवैभन्दा बढी २० मिलिमिटर वर्षा भएको थियो । यस्तै, पश्चिमको पोखरामा भने शून्य दशमलव ९ मिलिमिटर मात्रै वर्षा भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ