arrow

   ट्रम्पको चीनमाथि अर्को आर्थिक चेतावनी 

logo
प्रकाशित २०७६ साउन १२ आइतबार
trump8.JPG

वासिङ्टन । अमेरिकी प्रसिद्ध प्रविधि कम्पनी एप्पललाई ‘म्याक प्रो डेस्क टप कम्प्यूटर’ को उत्पादन अमेरिकामै नगरे एप्पलको उक्त उत्पादनमा छुट नदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन् । 
     
राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत जारी सन्देशमा भनिएको छ, “यदि एप्पलले चीनमा बनाएका ‘म्याक प्रो’ को सामानमा छुट मागेमा उसमाथि लाग्ने सेवा शुल्कमा कुनै छुट दिइने छैन । त्यो छुट र सेवा पाउनको लागि एप्पलका लागि प्रयोग गरिने सामानको उत्पादन अमेरिकामै हुनुपर्छ ।”     
     
अमेरिकी राष्ट्रपतिले एप्पललाई म्याक प्रोको पार्ट्स चीनमा बनाएमा आयातमा कुनै पनि छुट नदिइने र नमाने परिणाम आयातमा बन्देज लगाउने चेतावनी दिएका हुन् । 
     
चीन र अमेरिकाबीच गत बर्षदेखि चलेको व्यापार विवादका कारण कतिपय बहुराष्ट्रिय कम्पनीको कारोबारमा समस्या हुने गरेको छ ।     
     
तर गत महिना जापानमा अमेरिकी राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सी चिनपिङबीच वार्तापछि व्यापार विवादलाई अन्त्य गर्न यस अघि जारी रहेको चिनियाँ तथा अमेरिकी प्रतिनिधिमण्डलको वार्तालाई निरन्तरता दिने सहमति भएको थियो ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ