arrow

अन्तिम संस्कारमा सहभागी ६५ जनाकै अन्तिम संस्कार

logo
प्रकाशित २०७६ साउन १३ सोमबार
bokoharam1.jpg

काठमाडौं । एक जनाको अन्तिम संस्कार भइरहेका समयमा भेला भएकामाथि आतंकवादी समूहले अन्धाधुन्ध गोली हानेको छ ।

नाइजेरियाको आतंकवादी समूह बोको हरामले अन्धाधुन्ध गोली चलाउँदा ६५ जनाको एकै चिहान भएको छ । 

अन्धाधुन्ध गोली प्रहार हुन थालेपछि उपस्थित भेला पनि उनीहरुसंग जाइलागेको थियो । तर हतियारविहीन उनीहरु बँच्न भने सकेनन् । 

Map

माइदुगुरी जिल्ला नजिक रहेको एक गाउँमा हमलाकारीहरु मोटरसाइकल र भ्यानमा आएका थिए । 

नाइजेरिया आतंकवादीको चपेटामा पर्दै आएको छ । गत दुईसाता अघी सोही गाउँमा भएको मुठभेडमा बोको हराममा ११ जना कार्यकर्ताको मृत्यु भएको बदला स्वरुप आक्रमण गरिएको बोको हरामले जनाएको छ । दशकौंदेखि जारी आतंकवादी हमलामा परेर १० लाखको ज्यान गइसकेको छ ।

बोको हरामले सन् २०१४ मा ३०० स्कुले बालिकाहरुलाई अपहरण गरेपछि बढी चर्चामा आएको थियो । 

सन् २०१५ मा इन्स्टिच्युट अफ इकोनोमिक्स एण्ड पिसले बोकोहरामलाई विश्वकै सबैभन्दा खतरनाक आतंकवादी समूहमा राखेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ