arrow

हवाई आक्रमणमा तेह्र आतङ्ककारी मारिए

logo
प्रकाशित २०७२ चैत १५ सोमबार
afgan.png.png
कुन्दुज (अफगानिस्तान) । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको आर्ची जिल्लाको दसत ई इलाकामा लुकेर बसेका तालिवान लडाकूलाई लक्षित गरि सोमबार गरिएको हवाई आक्रमणमा एक दर्जन भन्दाबढी सशस्त्र आतङ्ककारी मारिएका छन् । प्रान्तीय प्रहरी प्रवक्ता हुज्रातुल्लाहले सोमबार सो जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 
 
दसत ई इलाकामा स्थानीय समयाअनुसार विहान ६ बजेबाट तालिवान लुकेर बसेको स्थानलाई लक्ष्यगरी सो आक्रमण गरिएको बताइएको छ । आर्ची जिल्लामा भएको यस हवाई कारबाहीमा १३ आतङ्ककारी मारिएका हुज्रातुल्लाहले सिन्ह्वा समाचार समितिलाई बातउनु भएको छ । एकहप्ता अघिबाट नै प्रहरी कारबाही जारी रहेको यस दसत इ आर्ची जिल्लामा सोमबार भने हवाई आक्रमण गरिएको जनाइएको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ