arrow

एयर स्ट्राइकबारे नक्कली भिडियो राखेको पाकिस्तानी सेनाले माग्यो माफी

logo
प्रकाशित २०७६ साउन १३ सोमबार
asif-gafur.jpeg

काठमाडौं । पाकिस्तानी सेनाले नक्कली भिडियो पोष्ट गरेर पछि गल्ती स्वीकार्दै माफी मागेको छ । पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफुरले आइतबार भारतीय वायुसेनाका पूर्व एयर मार्सल डेन्डिज किलोरको झुठो भिडियो पोष्ट गरेका थिए । 

यो भिडियो २६ फेब्रुअरीमा बालाकोट एयर स्ट्राइकसंग जोडिएको थियो । भिडियो झुठो भएको चर्चा चलेपछि ट्वीटरमा पाकिस्तानी सेनाको खिल्लि उडाइएको थियो । 

यसपछि गफुरले झुठो मानेर गल्ती स्वीकार गरेका हुन् । 

भिडियोमा दावी गरिएको थियो कि एयर स्ट्राइकको एक दिनपछि २७ फेब्रुअरीमा एयर मार्सल किलोर भारत र पाकिस्तानका लडाकु विमानबीच भएको डगफाइटका क्रममा भारतीय वायुसेनाको विफलताबारे कुरा गरिरहेका थिए । 

जबकि ट्वीटर प्रयोगकर्ताले तत्काल पाकिस्तानलाई सचेत गराए । उनीहरुले भिडियोबारे सन् २०१५ मा रेकर्ड गराइएको भिडियो देखाइएको बताइदिए । 

सन् २०१५ को उक्त भिडियो वाइल्डरनेस फिल्मस् इन्डियाले सन् २०१५ मै अपलोड गरेको थियो । जसमा किलोर सन् १९६२ र १९६५ को लडाइबारे चर्चा गरिरहेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ