arrow

राजकुमार ह्यारी गोरखाबाट मंगलबार राजधानी आएसंगै स्वदेश फर्किने

logo
प्रकाशित २०७२ चैत १५ सोमबार
rajkumar-harry-new.jpg.jpeg
गोरखा । भूकम्पले ध्वस्त बनाएको मनास्लु पदमार्गअन्तर्गत उत्तरी गोरखाको लापु–३ लापुबेँसीस्थित प्रभात किरण माध्यामिक विद्यालयको ११ कोठे भवन पुनःनिर्माणमा सघाएर बेलायतका राजकुमार ह्यारी मंगलबार काठमाडौँ फर्किने भएका छन् । मंगलबार काठमाडौं फर्किने ह्यारी अपरान्हपछि स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।  
 
गएको बिहीबार लापु पुगेका राजुकुमार ह्यारीले शुक्रबारदेखि विद्यालय भवन निर्माण गर्न ढुङ्गा र काठ बोकेका थिए । ह्यारीले चार दिनसम्म निरन्तर काम गरेको स्थानीयवासीले बताए । ‘ह्यारी बस्दै आएको लापु गेष्ट हाउसमा स्कुल बनाउन सघाएका ह्यारीलाई धन्यवाद र बधाइ दिने कार्यक्रम छ’, स्थानीय एक होटल सञ्चालकले भनिन् –‘पाहुनाहरु हेलिकप्टरबाट फर्कन्छन् ।’ ह्यारीले विद्यालयका साथै भूकम्पले अवरुद्ध नौलीखोला तेस्रो लघुजलविद्युत् पनि अवलोकन गर्नुका साथै मर्मतमा सहयोग गरेका थिए । 
 
राजकुमार ह्यारीको भ्रमणलाई व्यक्तिगत भन्दै स्थानीय र विद्यालय निर्माण गरिरहेको ‘टिम रुबिकेन युके’ नामक संस्थामा आबद्ध युवायुवतीले गोप्य राखेका थिए । ह्यारी लापुबेँसीमा रहेकोबारे समाचार आएपछि मात्रै गाउँमा ह्यारी आएको स्थानीयवासीले थाहा पाएका हुन् । ह्यारीको नेपाल बसाइँ मङ्गलबार सकिँदैछ । उनले छ दिन अनौपचारिक रुपमा पुनःनिर्माणमा जुट्ने भन्दै बसाइँ थप गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ