arrow

एक साता देखि धुमिएको काठमाडौ‌ं सफा

logo
प्रकाशित २०७२ चैत १५ सोमबार
clean-kathmandu.jpg.jpeg
काठमाडौं। काठमाडौं  उपत्यकामा सोमबार साँझ भीषण हावा हुरी चलेपछि मौसममा सुधार आएको छ। प्रति सेकेन्ड ३० मिटर (७१ किलोमिटर प्रतिघण्टा) को गतीमा हुरी चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। धुलाम्य भएको उपत्यकामा एक साता अघि देखि तुँवालो तैरिएर बसेकामा हुरीले हटाउन सहयोग गरेको मौसमविद्हरु बताउँछन्। हावा हुरी सामान्य भएसंगै जनजीवन पनि सामान्य भइसकेको छ। महाशाखाका मौसमविद्हरुले काठमाडौंमा पानी परेको र सानो प्रणाली विकसित भएकाले धेरै पानी पर्ने सम्भावना नरहेको बताए।
 
उपत्यकामा रातिनै मौसममा सुधार आउने बताइएको छ। हावा लागेर पानी परेकाले एक साता देखिको तुँवालोको समस्या हट्ने मौसमविद्हरुको भनाई छ। यस्तै, देशको पश्चिमी भेगमा सामान्य वदली रहेपनि पूर्वाञ्चलमा भने वर्षा भएको छ। पूर्वाञ्चलको धनकुटामा आइतबार राति सवैभन्दा बढी २० मिलिमिटर वर्षा भएको थियो। यस्तै, पश्चिमको पोखरामा भने शून्य दशमलव ९ मिलिमिटर मात्रै वर्षा भएको थियो। 
 
हुरीले बाटोमा गुडिरहेका सवारी साधन एका–एक रोकिएका थिए। यातायात अवरुद्ध हुनुका साथै बाटोमा हिंडिरहेका पैदलयात्रुले सास्ती बेहोरे। यस्तै, ठमाडौं लगायत आसपासका क्षेत्रमा भूकम्प पीडितहरुका टहरा उडाएपछि विचल्ली भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ