arrow

प्रतिष्ठित दुई चिनियाँ कम्पनीहरु नेपालको कालोसूचीमा 

logo
प्रकाशित २०७६ साउन १३ सोमबार
chinese-company1.png

काठमाडौं । चीनका दुई प्रतिष्ठित कम्पनीहरुलाई सरकारले कालोसूचीमा राखेको छ । एक साता अघि सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई प्रतिष्ठित चिनियाँ कम्पनीहरुलाई कालोसूचीमा राखेको हो । नेपाल विद्युत प्राधिकरणको सिफारिसमा ती कम्पनीहरुलाई कार्यालयले २०२२ सालसम्मको लागि कालोसूचीमा राखेको हो । ती दुबै कम्पनीहरु चीनका प्रतिष्ठित कम्पनीहरु हुन् । यसमध्ये पहिलो सेन्जेन फाराड इलेक्ट्रोनिक्स कम्पनीलाई २ वर्षको लागि र ह्वीजाओ जाङ्छेन इलेक्ट्रोनिक्सलाई ३ वर्षको लागि कालोसूचीमा राखिएको हो । 

कार्यालयका निर्देशक एवं सूचना अधिकारी श्रीधर पन्थीले यी कम्पनीहरुले सम्झौता बमोजिम काम नगरेपछि प्राधिकरणको सिफारिसमा कालोसूचीमा राखिएको जानकारी दिए । यी कम्पनीहरुलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखिएको छ । ऐन अनुसार यी कम्पनीहरुलाई कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन सक्दैनन् । 

सार्वजनिक खरिद ऐनको दफा ६३ ले बोलपत्रदाता, प्रस्तावदाता, परामर्शदाता, सेवाप्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीले ऐन विपरित काम गरेको खण्डमा निजको कार्यको गाम्भीर्यताको आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राख्न सक्ने उल्लेख गरेको छ । यसरी चिनियाँ कम्पनी ह्वीजाओ जाङ्छेनलाई हदैसम्मको कारबाही गरिएको हो । 

यो बुँदाले दफा २७ वा ३८ बमोजिम स्वीकृतिको लागि छनौट भएको बोलपत्रदाता वा प्रस्तावदाता दफा ३८ बमोजिम सम्झौता गर्न नआएमा, खरिद सम्झौता कार्यान्वयन गर्दा सारभूत त्रुटि गरेको वा सम्झौता अनुरुपको दायित्व सारभूतरुपमा पालना नगरेको वा खरिद सम्झौता बमोजिमको कार्य सो सम्झौता बमोजिमको गुणस्तरको नभएको कुरा पछि प्रमाणित भएमा, खरिद सम्झौतामा भाग लिन अयोग्य ठहरिने कुनै फौज्दारी कसूरमा अदालतबाट दोषी ठहरिएमा त्यस्तो कारबाही गर्न सक्ने व्यवस्था गरेको छ । 

यसरी हदैसम्मको कारबाहीमा पर्र्ने दुबै कम्पनीहरु चीनको प्रतिष्ठित कम्पनीहरु हुन् । यसमध्ये दुईवर्षको जरिवाना पाएको सान्जेन कम्पनी चीनको २३ वर्ष पुरानो कम्पनी हो । ४० वटा भन्दा धेरै परियोजनाहरुमा सहभागी भईसकेको सो कम्पनी ४८ करोड चिनियाँ मुद्राको पुँजीमा कम्पनी सञ्चालन गरेको छ । कम्पनीले मस्र्याङ्दि करिडोरको २२० केभी ट्रान्समिसन लाईनको ठेक्का दिईएको थियो ।  

त्यस्तै, अर्को ३ वर्षको सजाय पाउने ह्वीजाओ जाङ्छेन कम्पनी १०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कम्पनी हो । आईएसओ ९००१, आईएसओ १००१२ लगायतका आधादर्जन भन्दा धेरै गुणस्तर चिह्न प्राप्त भएपनि सो कम्पनी नेपालमा भने सम्झौता अनुसार काम नगरेपनि कालोसूचीमा परेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ