arrow

राजेन्द्र महतोले अबको आन्दोलन ‘कडा’ मात्रै भने

logo
कुुमोद अधिकारी,
प्रकाशित २०७२ चैत १५ सोमबार
Rajendra-Mahato.jpg.jpeg
विराटनगर । सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले आफुहरुको माग पूरा गर्न सरकार गम्भीर नभए आगामी वैशाखबाट मधेसी मोर्चाले कडा आन्दोलन गर्ने बताएका छन् । विराटनगरमा सुरु भएको सद्भावना पार्टीको राष्ट्रिय कार्य समिति विस्तारित बैठकमा अध्यक्ष महतोले तराई मधेसका जनताको हक अधिकार स्थापित गर्न संविधान संसोधन आवश्यक रहेको बताए । 
 
महतोले भने, ‘मधेसी मोर्चाको शान्तिपूर्ण आन्दोलन अहिले पनि जारी रहेकाले वैशाख महिनादेखि आन्दोलनको स्वरुप परिवर्तन गर्न लागेकाले आफुुहरुको मागप्रति  गम्भीर हुुन सरकार र मुुख्य दललाई आग्रह गरे ।
 
तीन दिनसम्म चल्ने विस्तारित बैठकमा पार्टीका केन्द्रिय स्तरका नेता, जिल्ला अध्यक्ष, वर्गिय संगठनका अध्यक्ष तथा विभिन्न विभाग प्रमुुख गरी दुई सय ५० बढीको  सहभागिता छ । विस्तारित बैठकमा समासामयिक राजनीतिक विषय, आसन्न आन्दोलन तथा भावी कार्य योजना, पार्टी संगठनको समीक्षा तथा विस्तार एवं संगठमा जिम्मेवारी बाँडफाँडका विषयमा छलफल हुने बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ