arrow

कैदीहरुको ग्यांगफाइटमा ५२ जनाको ज्यान गयो, पाँच घण्टासम्म भिडन्त

logo
प्रकाशित २०७६ साउन १४ मंगलबार
brazil-secutiry.jpg

काठमाडौं । जेलमा दुई कैदी समूहबीच भिडन्त भएको छ । यसरी आपसमा भिडन्त हुँदा ५२ जना कैदीबन्दीको मृत्यु भएको छ । घटना हो ब्राजिलको पारा राज्यमा रहेको एक जेलको ।

त्यहाँ रहेका एउटा ब्लकका कैदीको समूहले अर्को ब्लकका कैदीको समूहलाई आक्रमण गरेपछि भिडन्त भएको हो । 

A map shows Altamira in Para, Brazil

सोमबार भएको उक्त भिडन्त पाँच घण्टासम्म चलेको थियो । जेलमा रहेका जेलरहरुलाई नियन्त्रणमा लिएर उनीहरुबीच आपसमा आक्रमण भएको थियो ।

स्थानिय मिडियाहरुलाई स्रोत बनाउँदै बीबीसीले लेखे अनुसार सुरुवातमा १६ जनाको टाउको काटिएको थियो । त्यसपछि जेलमा आगो लगाइएको थियो । आगलागीले निसास्सिएर बाँकीको मृत्यु भएको थियो ।

उक्त जेलमा २०० जनाको क्षमता रहे पनि ३०९ जना कैदी राखिएका थिए । ब्राजिल विश्वकै सबैभन्दा बढी जेलमा रहेका कैदीमा तेस्रो राष्ट्र पर्दछ । 

ब्राज़ील की अधिकतर जेलों में क्षमता से ज़्यादा क़ैदी हैं. (फ़ाइल चित्र)

त्यहाँका जेलमा करिब ७ लाख कैदी छन् । ब्राजिलको जेलमा बेला बेलामा दंगा र भिडन्त भइरहन्छ । 

यसै वर्षको मे महिनामा मानाउस जेलमा दंगा हुँदा ४० जना मारिएका थिए । सन् २०१७ को जनवरीमा १३० जना कैदी मारिएका थिए । 

ब्राज़ील की एक जेल में गलियारे की गतिविधि देखने के लिए क़ैदी शीशे का इस्तेमाल करते हैं. (फ़ाइल चित्र)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ