arrow

कांग्रेस सभापति देउवालाई कतारका राजदूतले निवासमै गएर भेटे

logo
प्रकाशित २०७२ चैत १५ सोमबार
sher-bahadur-deuba.jpg.jpeg
काठमाडौं । नेपालका लागि कतारका राजदूत अहमद जासिम मोहम्मद अलि अल हमरले कांग्रेस सभापति शेरबहादुर देउवालाई निवासमै गएर भेटेका छन् । देउवा निवास बूढानीलकण्ठ पुगेका राजदूत हमरले तेह्रांै महाधिवेशनबाट सभापति पदमा निर्वाचित भएकामा देउवालाई बधाई दिए ।
 
हमरले देउवाको कार्यकालमा नेपाल र कतारबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीले जानकारी दिए । भेटका क्रममा सभापति देउवा र राजदूत हमरबीच द्विपक्षीय हितका विषयमा छलफल भएको तिवारीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ