arrow

मानसिक दवावमा परेपछि ग्यारेथ बेल रियाल मड्रिडको टुरबाट हात झिके 

logo
प्रकाशित २०७६ साउन १४ मंगलबार
gareth-bale.jpg

काठमाडौं । स्पेनिश फुटबल क्लब रियाल मड्रिडका फरवार्ड ग्यारेथ बेलले क्लबको टुरबाट हात झिकेका छन् । मानसिक दवावमा परेपछि उनले प्रिसिजन टुरबाट हात झिकेका हुन् । 

Real Madrid players training in Munich without Wales international, Bale, who did not travel

उनी मानसिक दवावमा परेको आफैले स्वीकारेका छन् । प्रशिक्षक जिनेजिन जिदान पुनः रियालमा फर्केपछि बेललाई प्राथमिकतामा राखेका छैनन् । 

Zinedine Zidane (left) made it clear that the Wales international’s time at the club was over

त्यसपछि बेलले चिनियाँ क्लब जाने तयारी थालेका थिए । तर त्यो प्रक्रियामा ब्रेक लागेपछि उनी टिम बाहिर बस्ने निर्णयमा पुगेका हुन् । 

Florentino Perez called off a switch to Jiangsu Suning which has made Bale furious with him

रियालका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बेललाई चिनियाँ क्लब जियाङ्सु सुनिङ जान रोकेका थिए । गत हप्ता मात्र जिदानले बेलबारे बोल्दै चाँडै क्लब छाड्ने बताएका थिए ।

रियालले मंगलबार बेलको पूर्व इंगलिश क्लब टोटनह्याम हट्सपरसंग खेल्दैछ । त्यसपछि रियालले बार्यन म्युनिख र फेनरबाचसंग समेत खेल्नेछ ।

The former Tottenham star was due to face his former employers on Tuesday night

सन् २०१३ मा कीर्तिमानी मूल्य ८५ मिलियन पाउण्डमा टोटनह्यामबाट रियाल आएका थिए । उनको क्लबसंगको सम्झौता अझै तीन बर्ष बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ