arrow

प्रियंका गान्धी कांग्रेस अध्यक्ष !

logo
प्रकाशित २०७६ साउन १४ मंगलबार
priyanka-gandhi.jpg

काठमाडौं । भारतीय प्रतिपक्षी दल कांग्रेस आईको अध्यक्षमा प्रियंका गान्धीको नाम बाहिर आएको छ । कांग्रेसमा गान्धी परिवारको विरासत रहँदै आएकामा अब पालो प्रियंकाको आएको भन्दै उनकै नाममा सर्वसम्मत हुने संकेत देखिएको छ । 

राहुल गान्धीले पद त्यागेपछि प्रियंकालाई भावी अध्यक्षका रुपमा हेरिएको छ । कांग्रेसभित्र दिग्गज एवं पुराना नेताहरु रहे पनि उनीहरु गान्धी परिवारको लिगेसी भनेपछि सम्मान गर्ने गर्छन् । 

पंजाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले चंडिगढमा आयोजित कार्यक्रममा भने, ‘यदि प्रियंका अध्यक्ष बन्न राजी भए मेरो पूर्ण सहयोग छ । राहुलले यसमा पनि विचार गरुन् ।’

प्रियंका गान्धी यो पदका लागि उपयुक्त पात्र रहेको पनि सिंहको बुझाइ छ । सिंहले भनेका छन् – भारत युवाहरुको देश हो । कुनै युवाले नै पार्टीको नेतृत्व सम्हाल्नुपर्छ । 

गत आइतबार शशि थरुरले पनि अध्यक्षका लागि वर्तमान महासचिव प्रियंका सामले हुन्छिन् कि हुन्निन् त्यो गान्धी परिवारले सोचोस् भनेका थिए । 

लोकसभा चुनावमा पार्टीले पराजय भोगेपछि नैतिकतामा आधारमा राहुल गान्धीले मे २५ तारिखमा पद त्यागेका थिए । 

चुनावको केही समय अगाडिमात्र कांग्रेसले प्रियंकालाई महासचिवको जिम्मेवारी दिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ