arrow

अफगान सैनिकले गरे दुई अमेरिकी सेनाको हत्या

logo
प्रकाशित २०७६ साउन १४ मंगलबार
american-army.png

काबुल ।  एक अफगान सैनिकले सोमबार दुई अमेरिकी सेनाको हत्या गरेका छन् । अफगानिस्तानका भएको यो पछिल्लो सहकर्मी आक्रमण हो ।

अफगानिस्तानमा भएको एक सैन्य कारबाहीका क्रममा आफ्ना दुई सैनिकले ज्यान गुमाएको अमेरिकी सेनाले सोमबार जानकारी दिएको छ । तर अमेरिकी सेनाले उक्त घटनाका बारेमा विस्तृत विवरण भने दिएको छैन ।

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारका प्रहरी उपप्रमुख मोहमद कसमले अमेरिकी सेनाले अफगान सैन्य अखडाको भ्रमण गर्नेक्रममा उक्त आक्रमण भएको बताएका छन्  ।   

यस सहकर्मी आक्रमणमा परी दुई अमेरिकी सैनिक मारिनुको साथै अन्य घाइते भएका कसमले बताएका छन् ।
 
तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले अमेरिकी सेनाको हत्या गर्ने व्यक्ति आफ्ना लडाकू नरहेको स्पष्ट गर्दै ती देशभक्त व्यक्ति अफगान सैनिक नै भएको दाबी गरेका छन् ।

कान्दाहार प्रान्तका गभर्नर प्रवक्ता बहिर अहमादीले अफगान सैन्य शिविरमा उक्त घटना भएको पुष्टि गरेका छन् । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ