arrow

प्रधान सेनापति क्षत्री र चीनिँया जनमुक्ति सेनाका सेनाध्यक्ष फाङबीच भेट

logo
प्रकाशित २०७२ चैत १५ सोमबार
sena-pati-go-to-china.jpg.jpeg
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधान सेनापति तथा महारथी राजेन्द्र क्षत्रीले सोमबार चीनिँया जनमुक्ति सेनाका सेनाध्यक्ष जनरल फाङ फेङगुइसंग भेटवार्ता गरेका छन्  सोमबार भएको भेटमा प्रधान सेनापति र जनरल फाङबीच आपसी द्विपक्षीय हित एवं सैनिक सम्बन्धका बारेमा छलफल भएको थियो । 
 
आइतबार चीनको राजधानी बेईजिङ्ग पुग्दा प्रधान सेनापति क्षत्रीलाई जनमुक्ति सेनाका सेनाध्यक्ष फाङ र केन्द्रीय सेना आयोगका संयुक्त स्टाफ डिपार्टमेन्ट चिफले स्वागत गरेका थिए । त्यसैगरी, प्रधान सेनापति क्षत्री सोमबार बेलुका फाङले आयोजना गरेको रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ । मंगलबार पनि भेटको कार्यक्रम छ । प्रधान सेनापति क्षत्री फाङको औपचारिक निमन्त्रणामा आइतबार पाँच दिने भ्रमणमा ८ सदस्यीय टोलीका साथ बेइजिङ्ग पुगेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ