arrow

उत्तर कोरियाद्धारा फेरि दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण

logo
प्रकाशित २०७६ साउन १५ बुधबार
missile.jpg

काठमाडौं । उत्तर कोरियाले फेरि दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । बुधबार बिहानै उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट दुई ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

दोहो प्रायःद्वीपबाट प्रक्षेपण गरिएको उक्त क्षेप्यास्त्र इस्ट सी भनिने सी अफ जापानमा खसेको बताइएको छ । त्यसअघि दुवै क्षेप्यास्त्रले ४३० किलोमिटर दूरी पार गरेको पनि जनाइएको छ । 

यसबारे उत्तर कोरियाले कुनै प्रतिक्रिया दिएको छैन । 

अन्तर्राष्ट्रिय समुदायले आलोचना गरिरहे पनि उत्तरले त्यसको बेवास्ता गरिरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तेस्रो वार्ताको दवाव दिन पनि क्षेप्यास्त्र परीक्षण तीव्र पारिएको बुझिएको छ । 

गत वर्ष किम जोङ उन र ट्रम्पबीच क्षेप्यास्त्र परीक्षण नगर्ने सहमति भएको थियो । तर वार्ताले गति नलिएपछि उत्तर कोरियाले त्यसको जवाफ क्षेप्यास्त्र परीक्षणबाटै दिइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ