arrow

‘तलाक तलाक तलाक’ अपराध 

यदि श्रीमानले जवरजस्ती तीन तलाक बोलेर सम्बन्ध विच्छेद गर्न खोजे तीन वर्ष जेल सजाय

logo
प्रकाशित २०७६ साउन १५ बुधबार
talaq.jpg

काठमाडौं । अन्ततः भारतीय संसद्ले तीन पटक ‘तलाक’ अर्थात् ‘तलाक तलाक तलाक’ बोलेर तत्काल सम्बच्छविच्छेद गर्ने मुसलमान समुदायको अभ्यासलाई अपराध ठहर गरेको छ ।

लोकसभाबाट गत साता नै पारित भइसकेको विधेयक राज्यसभा पनि पारित भएको छ । राज्यसभामा सत्तारुढ दलको बहुमत नभए पनि विपक्षी दलका केही सांसदले मतदान बहिस्कार गरेपछि विधेयक सजिलै पारित भएको हो ।

यो विधेयकको पक्षमा ९९ र विपक्षमा ८४ मत परेको  थियो । विधेयकका विषयलाई लिएर राज्यसभामा मतदान हुने भएपछि टीआरएस, जेडियू र एआईएडीएमके जस्ता दलले मतदान बहिष्कार गरेका थिए ।

दुवै सदनबाट पारित भएपछि अब यो विधेयकलाई राष्ट्रपतिको प्रमाणीकरणका लागि पठाइएको छ ।

Ladies from Muslim community celebrate after verdict given by the Supreme Court for banning Triple Talaq at Byculla on August 22, 2017 in Mumbai

अब के हुन्छ ? 

अब यदि कुनै मुसलमान श्रीमानले आफ्नी श्रीमतीलाई तीन पटक तलाक बोलेर सम्बन्ध विच्छेद गरेको पाइए उसलाई ३ वर्षसम्म कैद सजाय हुनेछ ।

यो कानुन महिलाको गरिमा बढाउन मद्धत गर्ने विश्वास लिइएको छ । महिला सशक्तीकरण र लैंगिक समानता सुनिश्चित हुने पनि दाबी गरिएको छ । 

केही दलका नेताहरुले श्रीमानलाई तीन वर्षको सजायको प्रावधान भने हटाउनुपर्ने बताएका छन् । 

कसैले त यो विधेयकले परिवार भाँड्ने पनि जनाएका छन् । 

Indian Muslim Women protest against triple Talaq Bill on January 10 2019 in Kolkata.

खासमा यो विधेयक मुस्लिम महिला विधेयक हो जसले महिलाको वैवाहिक अधिकारको संरक्षण गर्छ । 

यो विधेयक कानुन बनेपछि लागु हुनेछ । महिलाहरुले यो विधेयकको खुशीयाली मनाएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ