arrow

पोखराका अधिकांश पर्यटन व्यवसायीबाट मज्दुरको श्रमशोषण

logo
प्रकाशित २०७२ चैत १५ सोमबार
pokhara-unitrav-new.jpg.jpeg
पोखरा । पोखराका अधिकांश पर्यटन व्यवसायीले श्रमिकहरुको शोषण गर्ने गरेको खुल्न आएको छ । श्रमिकका समस्या बुझ्दै पर्यटकीय नगरी पोखरामा पुगेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गतको पर्यटन क्षेत्र युनियन परिषद्सामू त्यहाँका श्रमिकहरुले यस्तो खुलासा गरेका हुन् । परिषद्ले नेपालको पर्यटन क्षेत्रको दिगो विकासका लागि पर्यटन श्रमिकले निर्वाह गर्नुपर्ने भूमिका र उनीहरुको अधिकारका बारे पोखरामा गरेको अन्तक्रियामा सहभागी श्रमिकहरुले पोखराका होटल, रेष्टुरेन्ट, ट्रेकिङ साथै ट्राभलका अधिकांश प्रतिष्ठानमा श्रम ऐन लागु नभएको गुनासो गरे ।
 
त्यस्तै पर्यटन श्रमिकलाई न्यूनत्तम पारिश्रमिक नदिएको, मासिक जम्मा चार–पाँच हजार रुपैंयामा काम गर्न लगाएको, सेवा शुल्कबापत पाउनुपर्ने १० प्रतिशत रकम नदिएको, नियुक्तिबिना काममा लगाएको गुनासो गरेका थिए । त्यस्तै टे«किङ क्षेत्रमा काम गर्ने गाइड लाइसेन्स नविकरणमा झन्झटिलो प्रावधान खडा गरेको, प्यानको नाममा सरकारले दुःख दिने गरेको, भारी बोकेर अर्काको घरमा भाडामा बस्ने श्रमिकले आफैंले बहाल कर तिर्नुपरेको लगायत समस्याबारे ट्रेकिङ गाईडको गुनासो थियो ।
 
होटल रेस्टुरेन्टहरुले पनि सरकारले तोकेको न्यूनतम तलब सेवा सुविधा नदिएको, युनियन खोलेको वहानामा जागिरबाट निस्कासन गर्ने लगायतका कार्य भइरहेको बताए । कार्यक्रममा जिफन्ट पर्यटन क्षेत्र युनियन परिषद संयोजक राम बुढाथोकी, जिफन्ट धौवलागीरी अध्यक्ष मीना गुरुङ, जिफन्ट राष्ट्रिय कमिटि सदस्य सुनिता थापा, नेस्वहोमयूका उपाध्यक्ष बंशी भट्टराई, युनिट्राभलका महासचिव सुमनप्रसाद पराजुली लगायतले समग्र पर्यटन क्षेत्रको विकासका लागि सम्भावित गन्तब्यको बजारीकरणमा मजदुरले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा विभिन्न प्रतिष्ठानका १ सयभन्दा बढि श्रमिक अगुवाहरु सहभागि थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ