arrow

पर्यटनमन्त्रीको जिम्मेवारी योगेश भट्टराईलाई, बुधबार नै सपथको तयारी

logo
प्रकाशित २०७६ साउन १५ बुधबार

काठमाडौं । रिक्त रहेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको जिम्मेवारी योगेश भट्टराईले पाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार बुधबार अपराह्न ४ बजे योगेशले मन्त्रीको रुपमा सपथ खाने भएका छन् । 

तत्कालीन पर्यटनमन्त्री स्व. रविन्द्र अधिकारीको हेलिकप्टर दूर्घटनामा ज्यान गएपछि पर्यटन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्दै आएका थिए । 

सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने बताईरहँदा कमजोर पूर्वाधारका बीच यो लक्ष्य पूरा गर्नुपर्र्ने चुनौती उनीसामू रहने देखिन्छ । साथै स्व अधिकारीले पर्यटनको विकासको लागि सुरु गरेका महत्वपूर्ण योजनाहरुको सफल कार्यान्वयनको जिम्मेवारी पनि योगेशको काँधमा देखिन्छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ