arrow

फिफा वर्ष खेलाडीमा मेस्सी र रोनाल्डो मनोनयनमा, को परे को परेनन् ?

logo
प्रकाशित २०७६ साउन १६ बिहिबार

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । फिफाले बुधबार सार्वजनिक गरेको शीर्ष १० खेलाडीको सुचीमा अर्जेन्टाइन खेलाडी एवं स्पेनिश क्लब बार्सिलोनाका खेलाडी लियोनल मेस्सी र पोर्चुगिज एवं इटालियन क्लब युभेन्टसका खेलाडी क्रिस्टियानो रोनाल्डो मनोनयनमा परेका छन् । 

बर्ष खेलाडीमा मेस्सी र रोनाल्डोसंगै इंगलिश प्रिमियर लिगका चार खेलाडी परेका छन् । जसमा टोटनह्यामबाट ह्यारी केन परेका छन् । बाँकी तीन खेलाडी लिभरपुलबाट परेका छन् । 

लिभरपुलबाट सादियो माने, मोहम्मद सलाह र भर्जिल डिजिक रहेका छन् । बार्सिलोनाका डी जोङ फ्रेनकी, युभेन्टसका म्याथिज डी लिट, रियाल मड्रिडका ईडेन हजार्ड र पेरिस सेन्ट जर्मेनका केलियन एम्बाप्पे परेका छन् ।

क्लब फुटबलका सर्वाधिक महङ्गा खेलाडी नेयमार शीर्ष १० भित्र पर्न सकेनन् । त्यसैगरी बालोन डिओर खेलाडी लुका मोड्रिच पनि शीर्ष १० मा अटाएनन् । 

त्यतिमात्र होइन इंगलिश प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीका कुनै पनि खेलाडी शीर्ष १० मा अटाएनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ