प्रिन्स ह्यारीको योजनाः धर्तीका लागि बढीमा दुई सन्तान

प्रकाशित मिति : २०७६ श्रावण १६ बिहिबार

काठमाडौं । नेपालीमाझ लोकप्रिय मानिन्छन्, बेलायती राजकुमार ह्यारी । विशेष गरी गोर्खा फौजसँगै अफगानिस्तान युद्धमा सामेल भएको र गोर्खा भुकम्पपछि, पुननिर्माणमा खटिएपछि, नेपालमा उनको लोकप्रियता बढेको हो । पछिल्लो समय उनले धर्तीमा जन्मिने सन्तानको औचित्य र आफुहरुको योनजाबारे बोलेका छन् ।  

राजकुमार ह्यारी र राजकुमारी मेगनले पहिलो सन्तान जन्माएको केही महिनापछि, उनीहरुले फेरि अर्को सन्तानको रहर गरेको खबर सार्वजनिक भएको छ । तर आम मान्छेले अनुमान गरेभन्दा यो विषय अलिक फरक छ । 

यही साता सार्वजनिक भएको एउटा अन्तर्वार्ताका क्रममा राजकुमार ह्यारीले, आफु र श्रीमतीले दुई भन्दा बढी सन्तान नजन्माउने योजना बनाएको खुलासा गरे । पृथ्वीका खातिर आफुहरुले यो निर्णय लिएको पनि उनले खुलाए । 

बढीमा दुई । बेलायती चर्चित प्राणीशास्त्री (प्रिमाटोलोजिष्ट) जेन गुडअलसँगको कुराकानीका क्रममा ह्यारीले भने, ‘बढीमा दुई’ ।
‘हामी यो ग्रहका एक प्रजाति हौं र मलाई लाग्छ यो ठाउँ हाम्रै लागि, केबल हाम्रा लागि मात्र हो जस्तो लाग्छ’, पृथ्वीमा मान्छेको प्रभाव दर्शाउँदै उनले भने । ‘हामी जत्ति बौद्धिक छौं र बौद्धिक छौं भन्ने छ, हामीले अर्को पुस्ताका लागि केही राम्रो चिज छाडेर जानुपर्छ’, उनले भने । 

सन् २०१८ को गृष्ममा ह्यारीको बिहे भएपछि नै ब्रिटिश राजतन्त्रमा केही परिवर्तनको संकेत देखिएको छ । त्यसयता, ह्यारी दम्पत्तिले शाही मूल्य र परम्पराको केही मान्यता तोडेको छ । 

जस्तो, छोरा आर्ची जन्मँदा पनि उनीहरुले फोटो खिचाउन दिएनन् । बेलायती राजपरिवारका अरु सदस्यले सन्तान जन्माउँदा भने अस्पताल बाहिर फोटो खिचाउने चलन छ । साथै आर्चीको इशाइ बनाउने समारोहमा पनि यो जोडीले फोटो पत्रकारहरुलाई ढिम्किन दिएन । 

डा गुडअलसँगको कुराकानीमा उनले अभिभावकको व्यवहार बालबच्चामा सर्ने भन्दै जातीयताको कुरा पनि झिके । विश्वप्रतिको जीवनप्रतिको र मान्छेप्रतिको दृष्टिकोण, एक पुस्ताबाट अर्को पुस्तामा कलंकको रुपमा सारिँदै आएको उनको भनाइ थियो । उनको यो भनाई, अस्वेत आमाबाट जन्मिएकी मेगनप्रति आउने गरेको नश्लीय टिकाटिप्पणीप्रति लक्षित थियो । 

बेलायती राजपरिवारमा सन्तान थोपर्ने क्रममा समेत उनले भंग गर्ने सोचाइ राखेका हुन् । महारानी भिक्टोरियाराका ९ सन्तान थिए । महारानी एलिजावेथकै ४ सन्तान छन् । एलिजाबेदका ४ सन्तानमध्ये हरेकका दुई दुई सन्तान छन् । दाजु राजकुमार विलियम र केटका तीन सन्तान भइसकेका छन् ।

सन्तान जन्माउने आफ्नो योनजा र नश्लीय व्यवहार सम्बन्धी विषयमा राजकुमार ह्यारिले दिएको यो अभिव्यक्तिले बेलायती पत्रपत्रिकामा ठूलो ठाउँ पाएका पनि छन् । (एजेन्सीको सहयोगमा)

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ