arrow

सोमपाल कामीको टिम पराजित, के गरे कामीले ? 

logo
प्रकाशित २०७६ साउन १७ शुक्रबार
sompal.JPG

काठमाडौं । क्यानाडामा भइरहेको ग्लोबल टी–२० क्रिकेट लिगमा नेपाली राष्ट्रिय टिमका खेलाडी सोमपाल कामी सम्मिलित रहेको विनिपेग होक्स पराजित भएको छ । 
 
बिहीबार राति भएको खेलमा होक्स टोली ब्राम्पटन वुल्भ्ससंग ७ विकेटले पराजित भएको हो । 

खेलमा पहिले ब्याटिङ गरेको होक्स १८.५ ओभरमा ११६ रनमा अलआउट भयो । साइमान अनवरले ३१ रन तथा पुछारका ब्याट्सम्यान कलिम सानाले २७ रन बनाए । 

त्यस्तै सन्नि सोयलले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

वुल्भ्सका शाहिद अफ्रिदी, रोहन मुस्तफा, इस सोधी र जाहोन खानले समान २–२ विकेट लिए । सेसिल परवेजले एक विकेट लिए ।

जवाफमा वुल्भ्सले १४.३ ओभरमा ३ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्यो । कप्तान कोलिन मुन्रोले नटआउट ५३, बाबर हायातले नटआउट ३७ र ओपनर लेन्डी सिमोन्सले २२ रन बनाएका थिए ।

होक्सका मोहमद इरफानले २ विकेट लिएका थिए ।

जितपछि उल्भ्स ३ खेलमा सतप्रतिशत नतिजा सहित ६ अंक बटुलेर तालिकाको शीर्ष स्थानमा छ । हक्स ४ खेलबाट ४ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ ।

सोमपालको अवस्था
सोमपाल कामी पहिलो पटक ग्लोबल टी–२० मा छानिएका हुन् । तर उनले डेब्यु गर्न सक्ने तत्काल योजना रहेको बुझिँदैन । उनले डेब्युका लागि केही समय कुर्नुपर्नेछ । 

विश्वकप टी–२० छनोटको खेल सकेर क्यानाडा पुगेका सोमपाल अर्का नेपाली खेलाडी सन्दीप लामिछाने संगसंगै गएका हुन् । 

सन्दीप भने यसअघिको सिजनमा पनि खेलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ