arrow

आर्सनलको कीर्तिमानी मुल्यमा पेपे

logo
प्रकाशित २०७६ साउन १७ शुक्रबार
pepe1.jpg

काठमाडौं । इंगलिश प्रिमियर फुटबल क्लब आर्सनलले आइभरी कोस्टका खेलाडी निकोलस पेपेलाई क्लबको कीर्तिमानी मुल्यमा भित्राउने भएको छ । क्लबकै सबैभन्दा महंगो मुल्यमा पेपेलाई आर्सनलले भित्राउन तयार भएको हो । 

Pepe has put pen to paper on a sensational five-year contract with the north London outfit

पेपेलाई कीर्तिमानी ७२ मिलियन पाउण्ड खर्च गर्न आर्सनल तयार भएको हो । २४ बर्षका पेपेसंग पाँच बर्षको सम्झौता हुँदैछ । 

उनले सुरुआतमा भने २४ मिलियन पाउण्डमात्र पाउने छन् । पेपेले लिग वानमा लिलीबाट ७४ खेल खेल्दै ३५ गोल गरेका छन् । उनी सन् २०१७ मा एन्जर्सबाट लिलीमा जोडिएका थिए ।

The 24-year-old winger scored 23 goals in 41 games for the Ligue 1 outfit last season

गत सिजनमा उनले ४१ खेलमा २३ गोल गरेका थिए । 

आर्सनलमा १९ नम्बरको जर्सी लगाउने पेपेले आफू आर्सनलसंग जोडिन पाउनु गौरबको बिषय भएको बताएका छन् । 

उनको मेडिकलको प्रक्रिया आगामी मंगलबार हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ