arrow

के खोजिरहेछ उत्तर कोरिया ? एक हप्तामा तेस्रो पटक क्षेप्यास्त्र प्रक्षेपण

logo
प्रकाशित २०७६ साउन १७ शुक्रबार
north-korea-missile4.jpg

काठमाडौं । विश्वकै विरोधकाबीच उत्तर कोरियाले निरन्तर क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । उत्तर कोरियाले शुक्रबार बिहान फेरि दुईवटा छोटो दूरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।

उसले एक हप्तामा तेस्रोपटक क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । शुक्रबार बिहान उसले देशको पूर्वी तटीय क्षेत्रमा दुईओटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका अधिकारीहरुले जनाएको बीबीसीले लेखेको छ ।

दक्षिण कोरियाली सेनाका ‘जोइन्ट चिफ अफ स्टाफ’ले स्थानीय समयअनुसार शुक्रबार बिहान २ बजेर ५९ मिनेट र ३ बजेर २३ मिनेटमा उत्तर कोरियाले ती क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।

ती क्षेप्यास्त्र ‘सी अफ जापान’मा खसेको बताइएको छ । यसअघि गत जुलाई २५ तारिख र बुधबार पनि उत्तर कोरियाले दुईओटा क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो ।

अमेरिकाले दक्षिण कोरियासंग मिलेर यसै महिना संयुक्त सैन्य अभ्यास गर्ने योजनाप्रतिको प्रतिक्रियाका रूपमा उत्तर कोरियाले परीक्षण गरेको हुनसक्ने बताइएको छ ।

उत्तरले अमेरिकासंग थप वार्ताको दवाव दिनका लागि पनि क्षेप्यास्त्र प्रक्षेपण गरेको हुन सक्ने बताइएको छ । 

विश्वले नै उत्तर कोरियालाई सचेत गराउँदासमेत निरन्तर प्रक्षेपण गर्दा बेलायत, फ्रान्स र जर्मनीले भने कडा रुपमा प्रस्तुत भएर अन्तर्राष्ट्रिय प्रतिवन्धलाई थप कडाइ गर्नुपर्ने बताएका छन । 

उनीहरुले अमेरिकासंग अर्थपूर्ण वार्ता गर्न पनि आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ