arrow

विश्व मन्दीपछि अमेरिकामा घट्यो व्याजदर, अर्थतन्त्रलाई चीनको चुनौती

logo
प्रकाशित २०७६ साउन १७ शुक्रबार
trump-powell.jpg

काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्वले २००८ पछिको मन्दीपछि पहिलोपटक ब्याज दर घटाएको छ । अर्थव्यवस्थामा फेरि गिरावटको आशंकाबाट बच्नको लागि फेडरल रिजर्वले यो कदम उठाएका थिए । मिडिया रिपोर्ट्सका अनुसार, ब्याज दरलाई २ देखि २।२५ को बीच राख्ने तय भएको छ । जसको असर क्रेडिट कार्ड र अरु कैयौं किसिमको ऋणमा पर्ने देखिएको छ । 

फेडरल रिजर्वले बेन्चमार्क दरमा करिब चौथाई प्रतिशतले कटौती गरेको हो । फेडको यस घोषणापछि अन्तरराष्ट्रिय बजारमा कच्चा तेल र सुनको मूल्यमा गिरावट आएको छ । कच्चा तेल १।०६ डलर प्रति बेरल घटेर ६३.९९ डलरमा पुगेको थियो । अमेरिकामा अक्टोबरको लागि गोल्ड फ्यूचरको ०.४ प्रतिशत घटेर १४३१.८० डलर प्रति औस ९साढे २ तोला० भयो । 

यस खबरबाट अमेरिकी बाजार निरास भएको छ । त्यहाँको शेयर बजारमा भारी गिरावट आएको छ । यसको कारण यो हो कि राष्ट्रपति ट्रम्पले फेडरल रिजर्वले ब्याजमा कटौती गर्ने र अर्थव्यवस्थालाई सम्हाल्नको लागि राहत प्याकेजको घोषणा गर्दैनन् भन्ने आशंका समेत उब्जिन थालेको छ । 

फेडको निर्णयप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने असन्तुष्ट बनेका छन् । उनले ब्याजदरमा ठूलो कटौती गरिनु आवश्यक रहेको भन्दै फेडलाई दबाब दिँदै आएका थिए । तर, फेडले शून्य अनुमान गरिएअनुसार शून्य दशमलव २५ प्रतिशत अंक मात्र घटाउने निर्णयसँगै उनले आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले फेड प्रमुख जेरोम पावेलले सधैंको जस्तो अमेरिकालाई कमजोर बनाउने काम गरेको उनले बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकाको आर्थिक क्षेत्र अपेक्षा गरिएअनुसार बढ्न नसक्नुमा फेडका प्रमुख पावेल दोषी रहेको बताउँदै आएका छन् । पावेलले भने राम्रोसँग अध्ययन गरेर यो निर्णय गरिएको बताएका छन् । ब्याजदरका लागि तयार पारिएको ओपन मार्केट कमिटिका दुई सदस्य भने यो निर्णयको विपक्षमा देखिएका थिए । तर, यो निर्णयको पक्षमा ८ मत खसेको थियो । 

पावेलले ब्याजदर कटौतीका लागि ट्रम्पले दबाब दिएको समाचारको खण्डन गरेका छन् । पावेलले अहिले अमेरिकाको अर्थतन्त्रमा केही सकारात्मक र केही नकारात्मक पक्षहरु रहेकोले यो निर्णय उत्तम रहेको बताएका हुन् । बुधवार यो फेडले ब्याजदर कटौती गरेसँगै अमेरिकाको वाल स्ट्रिटका प्रमुख शेयर सूचक १ प्रतिशतले घटेका छन् ।

अहिले चीनसँगको व्यापार युद्धका कारण अमेरिकाको अर्थतन्त्र समस्यामा छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ