arrow

अन्तर्राष्ट्रिय मुद्रा कोषको निर्वाचनमा स्पेनी अर्थमन्त्रीले पुनः प्रतिस्पर्धा नगर्ने

logo
प्रकाशित २०७६ साउन १७ शुक्रबार
imf.jpg

म्याड्रिड, स्पेन । स्पेनका अर्थमन्त्रीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने भएका छन् । शुक्रबार मन्त्री नाडिया काल्भिनोले आफूले मुद्रा कोषको नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने बताएका हुन् ।

यूरोपेली सरकारहरूले आइएमएफको नेतृत्वका लागि सहमतिमा उचित उम्मेदवार चयन गर्ने तयारीपछि स्पेन पछि हटेको हो । आइएमएफको नेतृत्वमा परम्परागतरूपमा यूरोपेली नेतालाई नै चयन गरिँदै आएको छ ।

स्पेन सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “स्पेनले आइएमएफको लागि सधैँ इयू सदस्य राष्ट्रबीच साझा उम्मेदवार चयन गर्न चाहने गरेको छ ।”

“यस सन्दर्भमा यस पटक पनि स्पेन सरकार यूरोपेली सहमति निर्माण गर्न सहमत रहनेछ र स्पेनी अर्थमन्त्री काल्भिनोले अर्को चरणमा प्रतिस्पर्धा गर्नुहुने छैन । उहाँले उम्मेदवारी फिर्ता लिनुहुनेछ ।”एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ