arrow

कांग्रेस सभापति देउवाले पद्मकन्या पुगेर स्वस्तिकालाई श्रद्धाञ्जलि दिए

logo
प्रकाशित २०७२ चैत १६ मंगलबार
Swastika--RIP-With-Deuba.JPG.jpeg
काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले पद्मकन्या बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन सभापति लालकुमारी (स्वस्तिका) पोखरेलको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाई श्रद्धान्जली दिएका छन् । नेपाल विद्यार्थी सङ्घले बिहान श्रद्धाञ्जलिका लागि पद्मकन्या क्याम्पसमा राखेको पार्थिव शरीरमा सभापति देउवाले पार्टीको झन्डा ओढाएका हुन् । 
 
श्रद्धाञ्जलिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, बालकृष्ण खाँण, गुरुराज घिमिरे, गोविन्द भट्टराई, प्रकाशशरण महत, बद्री पाण्डे, जीवन परियारलगायतका नेताहरु पद्मकन्या क्याम्पस पुगेका थिए । 
 
यस्तै विभिन्न क्याम्पसका स्ववियु तथा नेविसङ्घ अध्यक्ष श्रद्धाञ्जलि दिन पद्मकन्या क्याम्पस पुगेका थिए । स्वस्तिका २०६२ सालमा पद्मकन्या क्याम्पसकी स्ववियु सचिव, २०६५ सालमा स्ववियु सभापति बनेकी थिइन् । विश्वविद्यालय सभाको सदस्य समेत रहेकी उनी नेपाली काँग्रेस उदयपुरकी पूर्व महासमिति सदस्य थिइन् । स्वस्तिकाको सोमबार कार दुर्घटनामा निधन भएको हो । उनको पार्थिव शरीरलाई संगलबार अन्त्येष्टि गरिने नेपाली काँग्रेसले जनाएको छ । 



नयाँ