arrow

प्रदर्शनका क्रममा चार जनाको मृत्यु

logo
प्रकाशित २०७६ साउन १७ शुक्रबार
dead2.jpg

खार्तुम । सुडानको प्रहरीले प्रदर्शनका क्रममा थप चार जनाको मृत्यु भएको शुक्रबार पुष्टि गरेको छ । देशको ओम्डुरमानमा बिहीबार भएको प्रदर्शनमा उनीहरु मारिएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।

“ओम्डुरमानमा रहेको एउटा मुख्य बजार सौक लिब्यामा एक समूहका केही व्यक्तिले आक्रमण गरेका थिए, उनीहरुलाई प्रहरीले नियन्त्रण गर्ने क्रममा झडप भएको थियो,” एक प्रहरी अधिकारीले पत्रकारहरुसँग भने ।  

प्रहरीले शुक्रबार जारी गरेको वक्तव्यमा पनि आक्रमणकारीलाई नियन्त्रण गर्नेक्रममा उनीहरुको मृत्यु भएको उल्लेख गरिएको छ ।

“प्रहरीले उनीहरुलाई नियन्त्रण गर्नेक्रममा अश्रुग्यास र गोली प्रहार गरेको थियो, त्यही गोली लागेर चार जनाको मृत्यु भएको हो,” प्रहरीको भनाई छ । झडपका क्रममा केही प्रदर्शनकारी र केही प्रहरी घाइते भएका छन् । उनीहरुको विभिन्न ठाँउमा उपचार भइरहेको छ ।

आन्दोलनकारीसँग वार्ता गरेर सैनिक र नागरिकको संयुक्त सरकार बनाउने तयारी भइरहेका समय फेरि हिंसात्मक आन्दोलन भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ