arrow

अपहरणमा परेको इजिप्ट एयरको विमानबाट केही यात्रु मुक्त (अपडेट)

logo
प्रकाशित २०७२ चैत १६ मंगलबार
ms-181.jpg.jpeg
एजेन्सी । अपहरणमा परेको इजिप्ट एयरको विमानबाट केही यात्रु अपहरण मुक्त भएका छन् । बीबीसीका एक संवाददाताले केही यात्रु विमानबाट बाहिर निक्लिएको देखेका बताइएको छ । एक यात्रुका अनुसार अपहरण कर्ताले विष्फोटक बेष्ट पहिरिएका छन् । अपहरणकारीले केही माग राखेका छन् । चालक दलका सदस्यसहित केही विदेशी यात्रु विमानमै रहेको बीबीसीले उल्लेख गरेको छ । लार्नाका विमानस्थल बन्द गरिएको र उडान अनुसूचित उडान अन्यत्र डाइभर्ट गरिएको अधिकारीहरुले जनाएका छन् । अपहरणको जिम्मा हाल सम्म कुनै समूहले लिएको छैन । 
 
..........................................
अपहरणमा परेको इजिप्ट एयरलाइन्सको जेट विमान साइप्रसको लार्नाकामा आकस्मिक अवतरण भएको छ । साइप्रस ब्रोडकास्टिङ कर्पोरेसन (सीबीसी) का संवाददातालाई उदृत गर्दै बीबीसीले अपहरणमा परको फ्लाइट MS181  Airbus A320 मा ८१ यात्रु रहेकाे उल्लेख गरेको छ । इजिप्टको अलेक्जान्ड्रियाबाट उडेको विमान साइप्रसको लार्नाकामा अवतरण गराइएको र अपहरण गर्ने समूहको पहिचान हुन बाँकी रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । इजिप्टका सरकारी अधिकारीहरुले अलेक्जान्ड्रियाबाट कायरोका लागि घरेलु उडान भरेको विमान हतियारधारीले अपहरण गरेको बताएका छन् । यस्तै, बेलायती संचारमाध्यम टेलिग्राफले भने विमानमा ८८ जना सवार रहेको उल्लेख गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ