arrow

मोदीको भ्रमणको तयारीका लागि जयशंकर चीन जाने

logo
एएनआई,
प्रकाशित २०७६ साउन १८ शनिबार
sjayshankar.jpg

नयाँ दिल्ली। भारतका विदेश मामिला मन्त्री एस.जयशंकरले यसै महिना चीनको भ्रमण गर्ने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि चिनफिङको भेटवार्ताको तयारीका लागि उनी बेइजिङ जान लागेका हुन्। 

उनीहरुबीच यसअघि गत बर्षको अप्रिलमा एक शिखर सम्मेलनमा सहभागी हुन उहानमा गएका बेला अनौपचारिक भेटवार्ता भएको थियो।

“दुवै पक्ष अहिले पनि कुटनीतिक संयन्त्र मार्फत सम्पर्कमै रहेका छन्, उनीहरुले दुई शिर्ष नेताको भेटवार्ताको स्थान र मिति तय गर्न लागेका छन्,” विदेश मामिला मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख छ। भ्रमण सम्वन्धी विस्तृत विवरण जयशंकरको चीन भ्रमणपछि मात्रै सार्वजनिक हुने मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ