काठमाडौं। नेपालको सबै भन्दा ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै बजारमा विभिन्न किसिमका आकर्षक एवं नयाँ मोडलका फ्रिजहरु बजारमा ल्याएको छ। जस अन्र्तगत सिङगल डोरमा २५ वटा भन्दा बढी मोडलहरुमा उपलब्ध छन्। विभिन्न किसिमका फुलबुट्टा र रंगहरुमा उपलब्ध यि फ्रिजहरुमा ५ वर्ष सम्मको वारेण्टी रहेको छ।
फ्रिजहरुमा पावरफुल कम्प्रेसर, सुपर कुइक आइस, ग्रिप ह्न्डल विशेषता रहेका छन्। त्यस्तै सिजीले डबल डोर वाटर डिस्पेन्सर नयाँ फ्रिज पनि हालै बजारमा ल्याएको छ। जसबाट ग्राहकले फ्रिज भित्रको चिसो पानि फ्रिजको ढोका नखोलिकनै पनि लिन सकिने छ। यसमा कुईक फ्रिजिङ, ए++ इनर्जिङ लेवल, डिजिटल कन्ट्रोल, ४ डि फ्रिजिङ जस्ता विशेषताहरु रहेका कम्पनीले जनाएको छ।
त्यसै गरि अर्को नयाँ साईड बाई साईड र मल्टिडोर युक्त फ्रिजहरु पनि ल्याएको छ। जसमा १० वर्ष सम्मको वारेण्टी सहित खानालाई धेरै समय सम्म ताजा बनाई राख्न सक्ने कम्पनीको दावी छ। यसमा ए ++ इनर्जिङ लेवल, डिजिटल कन्ट्रोल, टच स्कृन, एन्टी ब्याक्टेरिया, डियोडोराईजेसन, किड्स लक, अर्लाम जस्ता विशेषता रहेका छन्।