arrow

पूर्वी एशियाली आकाशमा मडारिँदैछ खतराको बादल !

logo
प्रकाशित २०७६ साउन १८ शनिबार
asia-aakash.jpg

काठमाडौं । पूर्वी एशियामा पहिलेदेखि नै समुद्री सीमाको विवाद धेरै हदसम्म चर्किँदै आएको छ । यसैको विकसित रुपमा हवाई सीमामा समेत पछिल्लो समय विवाद बढ्न सुरु भएको छ। पछिल्लो हप्ता मात्रै दक्षिण कोरियली लडाकू विमानको सामना सिओलका एयर डिफेन्स आईडेन्टिफिकेशन जोनमा (एडीआईजेड) चिनियाँ र रूसी लडाकू विमानका साथ भएको थियो । 

यस घटनापछि आकाशमा बढ्दो सैन्य गतिविधिहरुको कारणले सुरक्षा चुनौतीहरु समेत बढिरहेको देखिएको छ । चीन र रूसको यो पहिलो संयुक्त हवाई सुरक्षा उडान थियो । तर, दुबै देशको विमान लगातार दोस्रो देशको हवाई सीमामा प्रवेश गरिरहेका छन् । भलै यो जानबुझ सहित हो या त अन्जानमा हो । 

यस्तो गतिविधिहरुको कैयौं कारण हुन सक्छ । खुफिया मसला र जानकारी एकठ्ठा गर्न या पाइलटको रियल टाइम ट्रेनिङ्गको लागि पनि यस्तो भएको हुन सक्छ । यसका साथै क्षेत्रीय यथास्थितिको उल्लङ्घनको समेत यसको उद्देश्य हुन सक्छ । एडीआईजेड एक शुरुआती वार्निङ्ग सिस्टम हो । जुन शीत युद्धको जमानामा बनाइएको थियो । तर, पूर्वी एशियामा यसको बहानामा  विवादित इलाकामा आफ्नो दाबी गर्नको लागि यसको प्रयोग गर्न थालेका छन् । 

वास्तवमा एडीआईजेड एक यस्तो हवाई क्षेत्र हो । जुन देशको हवाई सीमाको साथमा रहन्छ । जहाँ कुनैपनि अज्ञात विमानबाट पहिचानको प्रोटोकल मान्नैपर्ने हुन्छ। यदि विमानले निर्देशको पालन गर्दैन भने त्यसमाथि आवश्यक कारबाही गर्न सकिन्छ । अचम्मको कुरा त यो छ कि यस्तो हवाई जोन स्थापित गर्नबाट रोक्नको लागि कुनै नियम कानून छैन । न त कुनै अन्तरराष्ट्रिय कानूनी दिशा निर्देश नै छ । जब दक्षिण कोरियाले चिनियाँ जेटले सियोलको हवाई जोनमा घुसपेठ गर्यो चीनले तुरुन्त  यो अन्तरराष्ट्रिय हवाई क्षेत्र हो जसमा हर देश हवाई सञ्चालनको लागि स्वतन्त्र छन् भन्ने जवाफ दिएको थियो ।  

अमेरिका पहिलो देश हो जसले १९५० को दशकमा एडीआईजेड स्थापित गरिएको थियो । सोही दशकमा अमेरिकाले दक्षिण कोरिया र जापानको एडीआईजेड समेत स्थापित गरिएको थियो । यसका अलावा अहिले यस क्षेत्रमा भियतनाम, फिलिपिन्स र ताईवानका साथ एडीआईजेड ७ र इण्डोनेशियालाई पनि यो जोनमा समेट्नेबारे सोचिरहेको छ। 

सन् २०१० मा जापानले आफ्नो एडीआईजेडलाई योनागुनी द्वीपसम्म फैलाइएको छ । जसमा ताईवानले समेत दाबी गरिरहेको छ । यी देशको समूहमा चीनपछि मात्रै शामेल भयो र सन् २०१३ मा उसले पूर्वी चीन सागरमा आफ्नो पहिलो एडीआईजेड स्थापित गरे। यद्यपि यसको हवाई जोनमा एक विशेषता यो छ कि यहाँबाट गुज्रिनेवाला सबै विमानले आफ्नो पहिचान जनाउनु पर्दछ । 

यस क्षेत्रमा जापान प्रशासित सेनकाकू द्वीप समेत सामेल छ । जसमा चीन आफ्नो दाबी गर्दछ । यसलाई डियाओयू द्वीप पनि भन्ने गरिन्छ । यसका साथ नै दक्षिण कोरिया नियन्त्रित लियोडो द्वीप समेत यही क्षेत्रमा आउँछ । जब चीनले आफ्नो एडीआईजेड घोषित गर्यो । त्यसको केही दिन पछि सियोलले आफ्नो क्षेत्रको विस्तार गर्दै लियोडोलाई समेत सामेल गरेको छ । दक्षिण कोरिया आफ्नो दावीलाई मजबूत गर्न चाहन्थ्यो । 

एक रूसी दैनिक अखबार इजेवस्तियामा २५ जुलाईलाई एक लेख छापेको थियो । ''पछिल्लो दशकमा अन्तर्राष्ट्रिय हवाई सीमालाई मनोमानी तरिकाले अधिग्रहित गर्न र आइडेन्टिफिकेशन जोनको विस्तार एक ढर्राबाट बनेको थियो ।''
बिबिसी हिन्दीबाट साभार र अनुवाद



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ