पाकिस्तानलाई ५ अर्ब ८० करोड डलर तिर्न विश्व बैंकको आदेश
प्रकाशित २०७६ साउन १८ शनिबार
509
Shares
काठमाडौं। विश्व बैंकको अदालतले पाकिस्तानी सरकारलाई टेथियान कपरलाई पुगेको क्षतिको लागि ५ अर्ब ८० करोड डलर क्षतिपूर्ति बुझाउन आदेश दिएको छ। चिली र क्यानडाका दुई कम्पनीको संयुक्त सहकार्यको रुपमा रहेको यो कम्पनीले विश्व बैंकले पाकिस्तानलाई यस्तो आदेश दिएको बताएको हो।
एक दशकअघि पाकिस्तानको रेको डिक खानीमा टेथियान कम्पनीले रेको डेक खानीबाट तामा उत्पादन शुरु गरेको थियो। कम्पनीले यो खानीमा सरकारको तर्फबाट २२ करोड डलर लगानी गरेको थियो। तर, अनपेक्षित रुपमा आफ्नो कार्य नियमित रुपमा जारी राख्नका लागि उक्त खानी भाडामा दिन पाकिस्तानले अस्वीकार गरेको थियो।
सन् २०१७ मा पनि विश्व बैंकले पाकिस्तानको विरुद्धमा फैसला सुनाएको थियो। अझै पनि त्यहाँको क्षतिको विषयमा यकिन विवरण भने आउन सकेको छैन। तेथियानको बोर्डका अध्यक्ष विलियम हेइजले अझै पनि कम्पनी पाकिस्तानसँग वार्ताको लागि तयार रहेको बताएका छन्। उनले अझै पनि पाकिस्तानमा व्यावसायिक तथा कानुनी स्वार्थको रक्षा गर्दै विवाद समाधान गर्ने पक्षमा आफूहरु रहेको उनको भनाइ छ।
रेको डिक पाकिस्तानी प्रधानमन्त्री इमरान खानको लागि निकै महत्वपूर्ण रहेको विश्लेषकहरुले बताउँदै आएकाछन्। यहाँ उल्लेख्य मात्रामा वैदेशिक लगानी भित्र्याउन सकिने उनीहरुको भनाइ छ। पछिल्लो समय आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानको लागि यो खानीमा भित्रिने लगानी निकै विश्लेषकहरुको बुझाइ छ। यसअघि वर्षको शुरुआतमा पनि विश्लेषकहरुले पाकिस्तानको लागि यो खानी महत्वपूर्ण रहेको बताएका थिए।