arrow

मेसीलाई तीन महीनाको प्रतिबन्ध 

logo
एजेन्सी
प्रकाशित २०७६ साउन १८ शनिबार
messi17.jpg

काठमाडौं । अर्जेन्टाइन फुटबर स्टार लियोनेल मेसी अन्तर्राष्ट्रिय फुटबलबाट तीन महीनाको प्रतिबन्धमा परेका छन् । फुटबलको नियमनकारी संस्था कन्मेबोलले कोपा अमेरिका कपको क्रममा भ्रष्टाचार भएको आरोप लगाएसँगै उनीमाथि प्रतिबन्धको निर्णय गरेको हो ।

 त्यसका साथै उनीमाथि ५० हजार डलर जरिवाना पनि लगाइएको छ । 

जुलाईमा अर्जेन्टिनाको चिलीमाथि २–१ को जितपछि गरिएको टिप्पणीका लागि उक्त जरिवाना लगाइएको हो । मेसी र अर्जेन्टिनाले यो निर्णयको विरुद्धमा अपिल गर्न सक्नेछन् । यो प्रतिबन्धको कारण मेसीले यस वर्ष चार मैत्री खेल भने खेल्न पाउनेछैनन् । 

यस विषयमा मेसी र अर्जेन्टिना फुटबल संघले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । चिलीविरुद्धको खेलमा खाएको रातो कार्डको कारण आगामी मार्च महीनामा हुने अमेरिकी वर्ल्ड कप क्वालिफयर्सको पहिलो खेल खेल्न पाउनेछैनन् । 

मेसीले जीवनमा दोस्रोपटक यस किसिमको प्रतिबन्धको सामना गरेका हुन् । उनले कोपा डेल रेमा ब्राजिलले जित्ने कुरा शुरुमै तय भएको बताएका थिए । सेमिफाइनलमा अर्जेन्टिना ०–२ गोलले पराजित भएको थियो । 

उनलाई प्रतिबन्धको डरको विषयमा गरिएको प्रश्नमा साँचो कुरा बोल्नुपर्ने बताएका थिए । तर, पछि उनले आफ्नो टीप्पणीप्रति कन्मेबोलसँग माफी मागेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ