arrow

पूर्वस्वीकृति नलिई अन्तरवार्ता लिएको भन्दै छापा

logo
प्रकाशित २०७६ साउन १८ शनिबार
baideshik-rojgar-bibhag.jpg

काठमाडौं । वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति नलिई विदेश पठाउने भन्दै अन्तरवार्ता लिइरहेको गौशालास्थित क्लासिक ओभरसिज म्यानपावर कम्पनीमा छापा मारेको छ । 

पूर्वस्वीकृति बिना मलेसियाको एउटा कम्पनीमा कामदार पठाउन छनोट गरिरहेको भन्ने सूचनाका आधारमा विभागको अनुगमन टोलीले आज सो म्यानपावरमा छापा मारेको हो । सो म्यानपावर कम्पनीले विभागबाट पूर्वस्वीकृति नलिई मलेसियाको वावा सन प्याकेजिङ इन्टरप्राइजेज कम्पनीका लागि कामदार छनोट गर्न भन्दै अन्तरवार्ता लिइरहेको थियो । अन्तरवार्ताका लागि करीब १५० युवा उक्त म्यानपावर कम्पनी पुगेका थिए । 

विभागबाट पूर्वस्वीकृति लिएको कागजात देखाउन नसकेपछि अनुगमन टोलीले अन्तरवार्ता स्थगित गर्न सो म्यानपावरलाई निर्देशन दिएको छ । अन्तरवार्ताको क्रममा म्यानपावरले सङ्कलन गरेको राहदानीलगायत कागजात फिर्ता गर्न निर्देशन दिइएको विभागले जनाएको छ । विभागले म्यानपावर सञ्चालकलाई २४ घन्टाभित्र उपस्थित हुन निर्देशन दिएको छ । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ