arrow

उद्योग वाणिज्य सङ्घमा निर्वाचनको विषयमा झडप, दुई घाइते, तीन राउन्ड अश्रुग्यास प्रहार

logo
प्रकाशित २०७६ साउन १८ शनिबार
Bara-hamrakura.jpg.jpeg

कलैया । उद्योग वाणिज्य सङ्घ सिम्रौनगढको निर्वाचनको विषयमा झडप हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा सिकेन्द्र यादव र अजयकुमार यादव रहेका छन् ।     
     
 सङ्घका वर्तमान अध्यक्ष जयन्त कुसवाहा र कोषाध्यक्ष लालबाबु कुशवाहा पक्षधरबीच झडप भएको हो । 

स्थितलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड अश्रुग्यास प्रहार गरेको प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए । 

अप्रिय घटना हुन नदिन बजार क्षेत्रमा नेपाल प्रहरी र सशत्र प्रहरी परिचालन गरिएको छ ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ