काठमाडौं । कुनै त्यस्तो कप्तान हुँदैन होला जसले कुनै बलरबाट पहिलो ओभरमा २४ रन खाएपछि दोस्रो ओभर बलिङ गर्न देला ।
तर भारतीय खेलाडी युवराज सिंहले त्यो अवसर दिएका छन् नेपाली राष्ट्रिय खेलाडी सन्दीप लामिछानेलाई ।
क्यानडामा भइरहेको ग्लोबल टी–२० क्रिकेटमा शनिबार राति टोरन्टो नेसनल्सका कप्तान युवराजले सन्दीपद्धारा पहिलो ओभर खराव खेले पनि दोस्रो ओभर दिएर रिस्क लिएका छन् ।
तर सन्दीपले ठूलै चुनौती लिएर दोस्रो ओभरमा ३ रन मात्र दिएर ब्राम्टन वुल्भसका कप्तान कोलिन मुन्रोलाई आउट गरे ।