arrow

साँघुरो अन्तरले पराजित भयो सन्दीप लामिछानेको टिम 

logo
प्रकाशित २०७६ साउन १९ आइतबार
yubraj-singh.jpg

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्सले क्यानाडामा भइरहेको ग्लोबल टी–२० क्रिकेटमा साँघुरो हार ब्यहोर्न वाध्य भएको छ । शनिबार राति भएको खेलमा टोरन्टो ब्राम्पटन वुल्भ्ससंग ११ रनको साँघुरो अन्तरले पराजित भएको हो ।

खेलमा पहिले ब्याटिङ गरेको वुल्भ्सले ६ विकेटको नोक्सानीमा २२२ रन बनायो । जर्जी मुन्सेले सर्वाधिक ६६ रन बनाए । बाबर हायातले १८ बलमा नटआउट ४८ तथा कप्तान कोलिन मुन्रोले २८ रन बनाए । 

सन्दीप लामिछानेले ४४ रन दिएर १ विकेट लिए । 

२२३ रनको लक्ष्य लिएर उत्रिएको टोरन्टोले ७ विकेटको नोक्सानीमा २११ रन मात्र बनाउन सक्यो । कप्तान युवराज सिंहले २२ बलमा ५१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

उनले एक विकेट पनि लिएका थिए । ब्रेन्डन म्याककुलमले ३६ तथा हेन्रिच क्लासेनले ३५ रन बनाए ।

यो हारपछि टोरन्टो ४ खेलबाट २ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको छ । उल्भ्स ४ बाट ८ अंकसहित शीर्ष स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ