arrow

सोमपाल कामीको ग्लोबल टी–२० मा डेब्यु, तर...

logo
प्रकाशित २०७६ साउन १९ आइतबार
sompal.JPG

काठमाडौं । क्यानाडामा भइरहेको ग्लोबल टी–२० क्रिकेटमा नेपाली बलर सोमपाल कामीले डेब्यु गरेका छन् । 

पहिलो पटक पहिलो पटक विदेश फ्रेन्चाईज क्रिकेटमा डेब्यु गर्ने क्रममा सोमपालले विनिपेग होक्सबाट खेलेका हुन् । 

एडमोन्टन रोयल्सविरुद्व सोमपालले डेब्यु खेलमा ब्याटिङ र बलिङ दुवै गर्न पाए पनि सफल हुन सकेनन् । 

आठौं नम्बरमा ब्याटिङ गरेका सोमपालले ५ बल खेल्ने अवसर पाए । तर मात्र १ रन बनाए । 

त्यस्तै बलिङतर्फ पनि उनले २ ओभर बलिङ गर्न पाए ३३ रन दिए । विकेट लिन पाएनन् । 

यस्तो छ नतिजा 
खेलमा होक्स ले ८ विकेटले पराजित भयो । होक्सले पहिले ब्याटिङ गर्दै ६ विकेटको नोक्सानीमा १९५ रन बनाए । साइमन अन्वरले ३५ बलमा ६२ तथा कप्तान जेपी डुमिनीले ३१ बलमा नटआउट ४८ रन बनाए । 

रोयल्सका शदाब खानले ३ विकेट लिए 

जवाफमा रोयल्सले १७.४ ओभरमा २ विकेटको नोक्सानीमा विजयी लक्ष्य पूरा गर्यो । ओपनर अंशुमन रथले ५० बलमा नटआउट ८७ रन बनाए । 

कप्तान मोहम्मद हाफिजले ३० बलमा ५५ रन बनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ