arrow

कश्मीर छिर्ने पाकिस्तानी आतंकवादीको प्रयास असफल, भारतीय सेनाद्धारा सात जना मारिए 

logo
प्रकाशित २०७६ साउन १९ आइतबार
indiakilled.jpeg

काठमाडौं । भारतीय सेनाले पाकिस्तानी बोर्डर एक्सन टिम (बीएटी) स्क्वायडका आतंकवादीहरुको कश्मीरमा घुसबैठ गर्ने कोशिश असफल पारिदिएको छ । 

आतंकवादीहरुको ३६ घण्टा लामो प्रयास असफल भएको भारतीय सेनाले बताएको हो । केरन सेक्टरको नियन्त्रण रेखा (एलओसी) पार गर्ने प्रयास आतंकवादीहरुले गरे पनि त्यसलाई विफल पारिएको सेनाले बताएको छ । 

उक्त जवाफी कार्वाहीका क्रममा ७ जनासम्म आतंकवादी मारिएको सेनाले जनाएको छ । आतंकवादीहरुको शव एलओसीमा छरिएको अवस्थामा रहेको छ । 

त्यसैगरी बारामूलामा पनि मुठभेड भएको खवर छ । जैश–ए–मोहम्मदका दुई आतंकवादी मारिएका छन् । 

यसैबीच कश्मीरमा नरेन्द्र मोदी सरकारले १० हजार जवानलाई तैनाथ गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ